च्या म्पियन्स लि गको ‘ड्र’ सार्वजनिक ! मड्रिड र सिटीको भाग्य अन्तिम १६ मै
काठमाडौं : युरोपियन च्याम्पियन्स लिगको जारी सिजनमा अन्तिम १६ स्थान ओगटेका क्लबहरुबीचको प्रतिष्पर्धा तालिका (ड्र) सार्वजनिक भएको छ।
उपाधि दाबेदार रियल मड्रिड र म्यानचेस्टर युनाइटेडमध्ये एक क्लब अन्तिम १६ बाटै बाहिरिने भएका छन्। अन्तिम १६ मा यी दुई क्लब एकआपसमा भिड्न लागेका हुन्। यी दुवै क्लब लिगका उपाधि दाबेदार हुन्।
‘ड्र’ अनुसार साविक विजेता लिभरपुलले एट्लेटिको मड्रिडसँग प्रतिष्पर्धा गर्नेछ भने चेल्सी र बार्यन म्युनिख तथा युभेन्टस र लियोनबीच प्रतिष्पर्धा हुनेछ।
स्टार स्ट्राइकर लियोनल मेस्सी संलग्न क्लब बार्सिलोनाले नापोलीसँग, टोटनह्यामले लिपजिङसँग र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बोरुसिया डर्टमण्डसँग अन्तिम आठमा पुग्नका लागि प्रतिष्पर्धा गर्नेछ।


