यस्तो बन्यो नेपालको रेलको डिब्बा

काठमाडौं : भारतले नेपालमा गुड्ने रेलको डब्बा बनाएको छ। गत वैशाखमा भएको सहमति अनुसार भारतीय कम्पनीले जनकपुर- जयनगरखण्डको ३५ किलोमिटर लामो रुटमा गुड्ने रेलको डब्बा बनाएको हो । रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार भारतको चेन्नइस्थित कोन्कन रेल्वे कर्पोरेसनको कारखानामा नेपालमा चल्ने रेलको डिब्बा तयार भएको हो।

रेल विभागको एउटा टोली अहिले जनकपुर-जयनगर रुटमा चल्ने दुईवटा रेलका डिब्बा निर्माणको प्रगतिबारे जानकारी लिन सोमबार भारत पुगेको हो। भारतले यसअघि नै नेपालमा सञ्चालन हुने दुईवटा रेलका डिब्बा उपलब्ध गराउने सहमति गरिसकेको छ। नेपाल-भारतबीच गत वैशाखमा रेलका डिब्बाहरु दिने कुरामा सहमति भएको थियो।

भौतिक योजना तथा यातायात सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थितिमा नेपालको रेल्वे विभाग र भारतको कोन्कन रेल्वे कर्पोरेसन बीच सहमतिमा हस्ताक्षर भएको थियो।यी डिब्बा सहितको रेल आएपछि नेपालले तत्काल जनकपुर -जयनगर रेलवे सञ्चालनको तयारी गरेको छ। बन्द भएर पुन:सञ्चालन हुन लागेको जनकपुर-जयनगर रेलवेको परीक्षण पनि भइसकेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।