प ब्जी विश्वकप : नेपाली टिमले जित्यो १० लाख भन्दा बढी

काठमाडौं, २ पुस । मोबाइल तथा कम्युटरमा खेलिने बहुचर्चित अनलाइन गेम ‘पब्जी’ को एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुको टिमले पुरस्कार जित्न सफल भएको छ ।

साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्टि्रक्स’ सातौं हुँदै पुरस्कार जित्न सफल भएको हाे । यसबापत सो टिमले १० हजार डलर (१० लाख रुपैयाँभन्दा बढी) प्राप्त गरेको छ । कार्यक्रममा ३२ राष्ट्रको सहभागिता रहेको थियो ।

सो कार्यक्रम बनाना कल्चर नामक संस्थाले आयोजना गरेको हो । प्रतियोगितामा मध्यपूर्व र उत्तर अफ्रिकाका १६ वटा र बाँकी विश्वका १६ वटा टिमले प्रतिस्पर्धा गरेकोमा प्रत्येक टिममा ५ जना खेलाडी थिए ।

प्रतियोगितामा पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ र थाइल्यान्डको आरआरक्यू एथेना दोस्रो भएको छ । पहिलोले एक लाख डलर र दोस्रोले ६० हजार डलर पाएको छ । अर्जेन्टिनाको टिम केयसो तेस्रो बन्दै ४० हजार डलर पाएको छ । चौंथो, पाचौं र छैटौंको पुरस्कार राशी क्रमशः १६ हजार, १४ हजार र १२ हजार डलर थियो ।

पब्जी विश्वभरका किशोरकिशोरी तथा युवाहरुमा लोकप्रिय एउटा अनलाइन गेम हो । यो त्यति नै विवादित पनि बनेको छ । नेपालमा पनि केही समयअघि सरकारले यो खेलमाथि प्रतिबन्ध लगाएकोमा पछि अदालतले प्रतिबन्ध हटाएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖