पु र्खाले जो गाएको दे शको एक इन्च जमीन पनि गु म्न दिँदैनौँ : मन्त्री भट्टराई
किरण लोहनी, गाेरखा : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालीको नशामा एक थोपा र’गत रहेसम्म देशको भूमि गु’म्न नदिने बताउनु भएको छ । बुद्धको देश नेपालमा अ’शान्ति र यु’द्धको कुनै गुञ्जायस नहुने भन्दै उहाँले नेपालको भूमि माथि गलत रुपले नहेर्न छिमेकी देशहरुलाई आग्रह गर्नुभयो ।
गोरखा नगरपालिका वडा नम्बर-४, पिपलथोकमा भिमसेन थापाको शा’लिक अनावरण गर्दै भट्टराईले भन्नुभयो ‘यो भिमसेन थापाको देश हो जसले संसारभर ब्रिटिश सामाज्य फै’लिरहेका बेला देशको भूमि र’क्षा गर्नुभयो, आज यो शा’लिक हेर्दा यस्तो लाग्दैछ कि भिमसेन थापाले हामीलाई देश जोगाउँछौ कि जोगाउँदैनौ भनेर प्रश्न गरिरहेका छन् ।’
भारत र चीनको नाम लिँदै भट्टराईले विश्व जित्दै हिँडेका देशले एउटा सानो र शान्त देशको भूमिमा आँखा लगाउन नसुहाउने बताउनुभयो । पुर्खाले जोगाएको देशको सीमा संरक्षणका लागि सरकारले पहल गरिरहेको मन्त्री भट्टराईको भनाइ छ। ‘देशको सीमा र’क्षा का विषयमा हामी सबै पार्टीहरु बीच एकमत छ, हामीबीच कुनै दुश्मनी छैन’ उहाँले भन्नुभयो, ‘दुश्मनी केही छ भने, गरिबी, पछौटेपनसँग छ, हामी सबै मिलेर त्यस वि’रुद्ध ल’ड्नु पर्छ, आफू आफू ल’डेर हामी कहीँ पुग्दैनौँ ।’
भट्टराईले आउँदो दुई वर्षभित्र देशका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गरिसक्ने सरकारको लक्ष्य रहेको बताउनु भयो। गोरखा नगरपालिकाले विभिन्न सरकारी निकायको सहयोगमा गोरखा नगरपालिका वडा नम्बर-४को पिपलथोकमा भिमसेन थापा स्मृति पार्क र थापाको पूर्णकदको शालिक स्थापना गरेको हो ।
पुख्र्यौली थलो गोरखाको बोर्लाङमा भए पनि थापाको जन्म भने पिपलथोकमा रहेको इतिहासका जानकारहरुले बताएका छन् । देशको पहिलो प्रधानमन्त्री र राष्ट्रिय विभूति थापाको शालिक र पार्क बनेसँगै आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढेको छ । पार्कलाई थप विस्तार र व्यवस्थित गर्ने योजना रहेको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताउनु भयो ।


