आज २२ डिसम्बर : वर्षकै छोटो दिन

काठमाडौं, पुस ६ । आज २२ डिसेम्बर । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । उत्तरी गोलार्ध अर्थात् नर्दन हेमिस्फियरमा आज वर्षकै सबभन्दा छोटो दिन हो । आजको रात सबभन्दा लामो हुन्छ ।

भोलिदेखि दिन लामो हुन थाल्छ र चिसो पनि झनै बढ्छ । अंग्रेजीमा यसलाई विन्टर सोल्सटाइस भनिन्छ । सूर्य सीधै मकर रेखामाथि हुँदा विन्टर सोल्सटाइस हुन्छ । पृथ्वीमा ऋतु परिवर्तन हुनुका एक मात्र कारण भनेको पृथ्वी झुकेको अक्षमा घुमेकाले गर्दा हो ।

त्यसकारण वर्षको आधा समय सूर्य उत्तरी ध्रुवतर्फ झुक्छ भने बाँकी आधा समय दक्षिणी ध्रुवतर्फ । आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार बिहान ६ बजेर ५० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १३ मिनेटमा अस्ताएको थियो । डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।