महिनैपिच्छे बढे वैदेशिक रोजगारीमा जाने : सबैभन्दा बढी साउदीमा

काठमाण्डौ । वैदेशिक रोजगारीमा जानेको संख्या महिनैपिच्छे बढेको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाएको छ । वैदेशिक रोजगारीमा जानको लागि कात्तिकमा ५१ हजार दुईसय ७४ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । मंसिरमा यो सँख्या साढे ५ हजारले बढेको छ ।

मंसिरमा ५३ हजार दुईसय १५ पुरुष र तीनहजार पाँचसय ९५ महिला गरी ५६ हजार ८ सय १० जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यीमध्ये २६ हजार सातसय ९५ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् ।

यो वैदेशिक रोजगारीमा जानको लागि खुल्ला गरिएका विभिन्न ८५ वटा देशमा जानेहरुको तथ्याँक हो । असोज महिनामा १८ हजार ७ सय ७१ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

सबैभन्दा बढी साउदीमा : मंसिरमा साउदी अरब जानेको संख्या बढी देखिएको छ । मंसिरमा १४ हजार २ सय ८४ पुरुष र ७३ महिला गरी १४ हजार ३ सय ५७ जनाले साउदीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यस्तै दोस्रोमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने देश यूएई छ । ११ हजार सातसय ९४ पुरुष र १ हजार ४ सय ५० महिलासहित १३ हजार दुईसय ४४ जनाले यूएईको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

१२ हजार ४ सय ३९ पुरुष र ४ सय ७३ महिलासहित १२ हजार ९ सय १२ जनाले कतारको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । मलेसियाको लागि ८ हजार ७ सय ७३ र कुवेतको लागि २ हजार ६ सय ७६ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यस्तै १ हजार ७९ जनाले बहराइन र ६ सय ३७ जनाले ओमनको लागि श्रम स्वीकृति लिएका छन् । यो महिनामा ४ सय ८३ पुरुष र ३४ महिलासहित ५ सय १७ जनाले जापानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

१ सय ७ म्यानपावरले एक जना कामदार पनि पठाउन सकेनन्
मंसिरमा १ सय ७ म्यानपावरले एक जना कामदार पनि पठाउन सकेनन् । ८ सय ३५ म्यानपावरले वैदेशिक रोजगारीमा कामदार पठाउने गरेकोमा मंसिर महिनामा ७ सय २८ ले मात्र कामदार पठाउन सकेका छन् ।

सबैभन्दा बढी ब्लू ओसयन सर्भिसेजले ४ सय ८५ लाई वैदेशिक रोजगारीमा पठाएको छ । यस्तै दोस्रोमा एसओएस सर्भिसेज प्रालीले ४ सय ३५ कामदार पठाएको छ । ३६ वटा म्यानपावरले १ जना र ३४ वटा म्यानपावरले २ जना कामदारलाई मात्र वैदेशिक रोजगारीमा पठाएका छन् ।

अदक्ष नै बढी : वैदेशिक रोजगारीमा जानेहरुमा अझै पनि केही सीप नसिकेर जानेहरुको संख्या बढी देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्याँकअनुसार मंसिरमा वैदेशिक रोजगारीमा जानेमध्ये सात जना उच्च दक्ष (हाइ स्किल्ड), ७५ जना व्यवसायिक रुपमा जानेहरु छन् ।

यस्तै अर्धदक्षको सँख्या ५ हजार ७ सय ४५ र दक्ष कामदारको १९ हजार ७ सय ९६ छ । मंसिरमा ३१ हजार १ सय १८ अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका बोर्डले जनाएको छ । उज्यालोबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।