भारतद्वारा वेष्ट इन्डिज ४ विकेटले प राजित, एकदिवसीय सिरिज भारतको क ब्जामा

एजेन्सी । कप्तान विराट कोहली र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा प्रेरित घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ४ विकेटको जित निकालेको छ ।

तीन सय १६ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ थालेको भारत ४८ दशमलब ४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो । भारतको जितमा कप्तान कोहली र राहुलसँगै रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरे । ८५ रन बनाएका कप्तान कोहलीले ९ चौका प्रहार गरे । केएल राहुलले ७७ रनको योगदान दिदाँ रोहित शर्माले ६३ रन बनाएका थिए । ८९ बलको सामना गरेका राहुलले ८ चौका र १ छक्का प्रहार गरे ।

६३ बल खेलेका रोहितले ८ चौका र १ छक्का प्रहार गरेका थिए । रिसब पन्त र श्रीयस लेयर समान ७–७ रनमा पवेलियन फर्किदा केदार जादभले ९ तथा रविन्द्र जडेजाले ३९ रन बनाए । सार्दुल ठाकुरले १७ रनको महत्वपुर्ण पारी खेले ।

वेष्ट इन्डिजका किमो पाउलोले ३ विकेट लिदाँ कोट्रल, होल्डर र जोसेफले १–१ विकेट लिए ।

यसअघि बारबाती स्टेडियममा पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निकोलस पुरन र कप्तान पोलार्डको उत्कृष्ट प्रदर्शनमा भारतलाई ३ सय १६ रनको लक्ष्य दिएको थियो ।

पोलार्ड र पुरन चम्कीएपछि निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय १६ रनको लक्ष्य दिएपनि वेष्ट इन्डिज अन्नत पराजित भयो ।

वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ८९ रन बनाएका थिए । ६४ बलको सामना गरेका उनले १० चौका र ३ छक्का प्रहार गर्दा ५१ बल खेलेका पोलार्डले ३ चौका र ७ छक्काको मदतमा ७४ रनको योगदान दिए । साइ होपले ४२ रन बनाउँदा रोस्टनले ३८, सिमरोनले ३७ रन जोडेका थिए । इभन लुइसले २१ रन बनाएका थिए ।

भारतका नवदीप सैनीले २ विकेट लिदाँ रवीन्द्र जडेजा, मोहम्मद समी र सर्दुल ठाकुरको नाममा १–१ विकेट रह्यो । यसअघि पहिलो एकदिवसीय खेलमा वेस्ट इन्डिजले ८ विकेटको जित निकाल्दा दोस्रो एकदिवसीय खेलमा भारत १ सय ७ रनले विजय भएको थियो ।

आजको जितसँग भारतले घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्ध ३ एकदिवसीय सिरिज २–१ ले जितेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।