अ तिक्रमित नेपाली भूमि फि र्ता गर्न तत्काल आवश्यक कदम चाल्ने नेकपाको निर्णय

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न, भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।

भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सा आपत्तिजनक रहेको ठहर गर्दै नेकपाले तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।

१ हप्तासम्म बसेको नेकपा स्थायी कमिटी बैठकले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले जारी गरेको नक्सा अमान्य र अस्वीकार गर्ने निर्णय पनि गरेको छ । बैठकले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको निष्कर्ष निकाल्दै कालापानी, लिम्पिायाधुरा, लिपुलेक र सुस्ता लगायतको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका सन्दर्भमा यो इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भन्ने कुरा अमेरिकालाई औपचारिक र आधिकारिक रुपमा स्पष्ट पार्न अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।

अमेरिकाले एमसीसी इण्डो प्यासिफिक अन्तर्गत हाे वा हाेइन भन्ने प्रष्टिकरण दिएपछि यसमा रहेका अन्य भाषा परिमार्जन गर्ने विषयमा प्रधानमन्त्री र सरकारसँग छलफल गर्ने निर्णय गरिएको बताउनुभयो ।

स्थायी कमिटी सदस्य भीम रावलले एमसीसीको विषयमा बैठकमा उठेका विषयहरु सरकरले स्पष्ट पार्नुपर्ने र अमेरिकाले पनि यो इण्डो प्यासिफिक अन्तर्गतको परियोजना होइन भनेर प्रष्ट पार्नुपर्ने निर्णय भएको बताउनुभयो । यसको जिम्मा पार्टीको सचिवालयलाई दिइएको उहाँले बताउनुभयो ।

राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

यसैबीच, नेकपाको राजनीतिक प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतले पारित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्दै केही परिमार्जन गर्नुपर्ने सुझाव दिएपछि आइतबारको बैठकले परिमार्जनसहित पारित गरेको नेकपाले जनाएको छ ।

राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर तयार पार्नुभएको थियो । महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशाेधन प्रस्ताव भने आइतबार पारित हुन सकेन । प्राप्त सुझाव र धारणाको आधारमा अन्तिम रुप दिइ आउँदो केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी पारित गर्ने निर्णय प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

केन्द्रीय कमिटी बैठक आउँदो २३ गते बस्ने नेकपाको निर्णय छ । यस्तै नेकपाले केन्द्रीय कमिटी बैठक बस्नुभन्दा अघि अबकाे १५ दिनभित्र पार्टी एकीकरणका बाँकी सांगठनिक काम पूरा गरिसक्ने निर्णय पनि गरेको छ ।

यस्तै पछिल्लो समय सडक दुर्घटनाहरु बढिरहेको सन्दर्भमा दुर्घटना न्युनिकरणका लागि समग्र पक्षको अध्ययन गरी तदारुकताका साथ कदम चाल्न सरकारलाई अनुरोध गरिएको छ । साथै दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहत र घाइतेहरुको उपचार गर्ने सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण बैठकले गरेको छ ।

यस्तै बैठकले पार्टी केन्द्रीय कार्यालय भवन जति सक्दो छिटो निर्माण गर्ने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकले पार्टीलाई एकताबद्ध गर्न, सांगठनिक एकीकरणलाई पूर्णता प्रदान गर्न, विचारको बहस र विकासलाई व्यवस्थित गर्न, सरकार सञ्चालनलाई प्रभावकारी बनाउन र पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

बैठक गएको मंसिर २९ गतेदेखि सुरु भएको थियो । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण सहभागि हुनुभएन ।-उज्यालो अनलाइनबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖