यायोक्खाद्वारा धनकुटामा प्रशिक्षण सम्पन्न
धनकुटा,पौष ७ । संगठन सुदृढीकरण र किरात प्रदेश अभियान अन्तर्गत किरात राई यायोक्खाद्वारा देशव्यापी रुपमा जारी अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम धनकुटामा पनि सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रममा किरायाका केन्द्रीय सदस्य छिला राई , पुर्व केन्द्रीय सदस्य तारा बहादुर राइ, यायोक्खा धनकुटाको जिल्ला , गाउँ/नगर, वडा , भाषिक र भात्री संस्थाका पदाधिकारी सदस्यहरु, पुर्व पदाधिकारी सदस्यहरु, सल्लाहकारहरु लगायतको सहभागिता रहेको थियो ।
संस्थाको अभियान, सांगठनिक पद्धति , जनगणना २०७८, भाषा, संस्कृति लगायतको बिषयमा यायोक्खाका महासचिव जनक राई , उपमहासचिवद्वय भिम राई र शुभचन्द्र राई , सचीव दोर्पध्वज राई र किरात राई प्रज्ञा परिषदका सदस्यद्वय सालिक सातासाक र डा. कैलाश राइद्वारा प्रशिक्षण राखियो ।
किराया धनकुटाका अध्यक्ष नगेन्द्र राइको अध्यक्षता, केन्द्रीय सदस्य अस्मिका राइको स्वागत मन्तव्य र केन्द्रीय सदस्य रन्जु राइको संचालनमा सम्पन्न प्रशिक्षण कार्यक्रममा उठेका विभिन्न जिज्ञासाहरुलाइ महासचिव जनक राइले प्रस्ट्याएका थिए ।-जनक राईको सहयोगमा


