भोलिदेखि पाख्रीवासमा फुटवल प्रतियोगिता हुँदै
धनकुटा खबर, पौष ९ । धनकुटाको पाख्रीवासमा भोलिदेखि प्रथम गिरीजा प्रसाद कोईराला मेमोरियल गोल्डकप वडा स्तरिय नकआउट फुटवल प्रतियोगिता हुनेभएको छ ।
गिरीजा प्रसाद कोईराला फाउण्डेसन पाख्रीवास नगर समितिको आयोजनामा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी करिव पूरा भएको फाउण्डेसनका नगर समिति अध्यक्ष जयन्द्र घिसिङले जानकारी दिनुभयो ।
स्थानिय स्तरका खेलाडीहरुको क्षमता अभिवृद्धी गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता सम्म पुग्न सहयोग पुर्याउने लक्षका साथ आयोजिना गर्न लागिएको प्रतियोगिताको उद्घाटन भोलि विहान ११ वजे पछि प्रदेश १ का प्रथम प्रदेश प्रमुख डा गोविन्द तुम्वाहाङले गर्नुहुने आयोजकले जनाएको छ ।
पाख्रीवास नगरपालिकाको १० वटै वडाका खेलाडीले सहभागीता जनाउने पाउने प्रतियोगिताको विजयी प्रथम समूहले नगद ५१ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछ भने दोश्रो हुनेले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने समितिका सचिव सन्तोष मानन्धरले वताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि ५ लाख लगत लाग्ने आयोजकको अनुमान छ ।


