‘तपस्वी’ बम्जनका अनुयायीद्वारा अरूका धा’र्मिक ग’तिविधिमा रो’क

बारा, पुस १६ । विवादित ‘तपस्वी’ रामबहादुर बम्जनका अनुयायीले उनको जन्मथलो वरपर अरू धार्मिक गतिविधिमा रोक लगाउँदै अटेर गरे भौतिक आ क्रम ण गर्ने ध म्की दिएका छन्। बम्जनको जन्मस्थलमा निर्माणाधीन बौद्ध गुम्बाको काम पनि उनीहरूले रोकेका छन्।

बम्जनको जन्मथलो निजगढ नगरपालिका–१२ रतनपुरीको बुङ्जोर गाउँमा पर्छ। निर्माणाधीन गुम्बा त्यहाँबाट दुई किमिको दूरीमा छ।‘उहाँ रामबहादुर बम्जन को मैत्रीय धर्मबाहेक अन्य धर्मको कुनै पनि गतिविधि नगर्न अनुयायीले उ’र्दी जारी गरेका छन्,’ गुम्बा निर्माण समितिका अध्यक्ष वीरबहादुर थिङले भने, ‘गुम्बा बनाउनेलाई हातखुट्टा भाँ’चिदिने ध’म्की आएको छ।’ उक्त धम्कीपछि समितिले शान्ति सुरक्षाको माग गर्दै गुम्बा निर्माण जारी राख्ने वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय र निजगढ इलाका प्रहरी कार्यालयमा निवेदन दिएको छ।

गुम्बा निर्माण रोक्न बम्जनका भाइसमेत सक्रिय छन्। बम्जनले सिन्धुली बोलाए पनि ड’रले जान नसकेको एक सदस्यले बताए। उनका अनुयायीमध्येका स्थानीय वेदबहादुर थिङले भने गुम्बा निर्माणमा रोक नलगाएको दा बी गरेका छन्। ‘जग्गाको विवादले निर्माणमा स मस्या भएको हो, हामीसित त्यसको सरोकार छैन। रोक लगाएका छैनौं,’ उनले भने।

निर्माण समितिले जिल्ला प्रशासन कार्यालयमा गत पुस ६ गते उजुरी दिएको थियो। उजुरीपछि प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जिल्ला प्रहरी कार्यालयमार्फत सम्बन्धित वडाका प्रहरी चौकीलाई पत्र काटेका छन्। निजगढ इलाका प्रहरी कार्यालयमा बम्जनका अनुयायीवि’रुद्ध ठाडो उजुरीसमेत आएको प्रहरी निरीक्षक विकास थपलियाले बताए। कान्तिपुर दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।