हि मपातले जनजीवन क ष्टकर, सञ्चार अ वरुद्ध, हवाई सेवा ठ प्प

सोलुखुम्बु, २० पुष । निरन्तर परेको हिमपातले अवरुद्ध ओखलढुङ्गा–जन्तरधाप–सल्लेरी–फाप्लु सडकखण्ड आंशिक रुपमा खुलेको छ ।

शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई सङ्घीय तथा प्रदेश राजधानीसँग जोड्ने उक्त सडकखण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुनः अवरुद्ध भएको थियो ।

शनिबार दिउँसो शिद्धिचरण नगरपालिका ओखलढुङ्गा र सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडक खुलाएको थियो । साँझ करिब ५ बजे १५ वटा जति जीप ओहोरदोहोर गरेपछि पुनः हिमपात हुँदा सडक अवरुद्ध बनेको ट्राफिक प्रहरी नारायनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

आइतबार बिहानैदेखि सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडकको हिउँ पन्छाएर सडक खुलाएको प्रहरीले जनाएको छ ।

सडकमा आइस जमेका कारण चिप्लो हुने भएकाले सावधानी अपनाउनुपर्ने सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी महेन्द्र दर्नालले बताउनुभयो । उहाँले भन्नुभयो, “आइतबार दिउँसो आंशिक रुपमा सडक खुलेको भए पनि सावधानी भने अपनाउनुपर्ने छ ।”

हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बनेको छ । चिसोबाट बिशेष गरी बुढाबुढी, केटाकेटी र पशुपछी प्रभावित भएका छन् ।

अत्याधिक हिउँकै कारण वस्तुलाई आवश्यक घाँससमेत सङ्कलन गर्न नसकिएको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो । यस्ता समयमा मौसमी रोगको सम्भावना उच्च हुने भएकाले न्यानो गरी बस्न तथा झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।

हवाई सेवा ठप्प

हिमपातसँगै मौसम प्रतिकुल हुँदा हवाई सेवा अवरुद्ध बनेको छ । जिल्लाको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा आज कुनै पनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

आज बिहान सवा ९ बजे काठमाडौँ फाप्लुको उडान तालिका भएको नेपाल एयरलाइन्सको विमान पत्ताले क्षेत्र पार गर्न नसक्दा पुन काठमाडौँ नै फर्केको नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो ।

हवाई सेवा अवरुद्ध हुँदा जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने बिरामीलाई समस्या भएको बताइएको छ ।

टेलिफोन पनि सेवा अवरुद्ध

सोलुखुम्बुको खुम्बु क्षेत्रमा बिहीबारबाट निरन्तर परेको हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध बनेको छ । नेपाल टेलिकमको लेण्डलाइन, सिडिएमए र नमस्ते फोन सेवा अवरुद्ध बनेको हो । लुक्ला, चौँरीखर्क, नाम्चेमा बिहीबारदेखि परेको हिउँ अझै नरोकिएको लुक्लाका स्थानीय तोया श्रेष्ठले जानकारी दिनुभयो ।

यता नेपाल टेलिकम ओखलढुङ्गाका इञ्जिनीयर रामसरोज यादवले हिमपात बढी भएकाले ब्याकप पावरले काम नगर्दा समस्या आएको बताउनुभयो । मौसम नखुलेकाले तत्काल समस्या समाधान गर्न नसक्ने उहाँको भनाइ छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।