नेपाली भूमिमा चीनवि’रुद्ध हुने कुनै गतिविधि स्वी’कार्य छैन : गृहमन्त्री थापा

काठमाडौं, २२ पुस । गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमीमा चीनवि रुद्ध हुने गतिवि धि स्वी’कार्य नहुने दोहोर्याउनुभएको छ । चीन भ्रमणमा रहनुभएका गृहमन्त्री थापाले चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीसँगको भेटमा नेपाली भूमिमा चीन वि रोधी गतिविधि हुन नदिने बताउनुभएको हो ।

उहाँले नेपाल एक चीन नीतिमा दृढ रहेको पनि बताउनुभएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ पक्षको सहयोगका लागि धन्यवाद पनि दिनुभएको थियो ।

भेटका क्रममा सार्वजनिक सुरक्षाका विषयमा दुईपक्षीय सहयोगलाई बढावा दिँदै सीमा अपराध नियन्त्रणका साथै क्षमता विकास र सीमा व्यवस्थापनका विषयमा पनि छलफल भएको चीनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर जनाएको छ ।

दुई नेताबीच सीमालाई सुरक्षित राख्नका लागि दुई देशको कानून कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय बढाउने विषयमा सहमति पनि भएको जनाइएको छ । भेटवार्ताका क्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसहित अन्य उच्च अधिकारीको सहभागिता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।