साईप्रसमा रहेका गुरुङहरुले यसरी मनाए तमु ल्होछार
दिनेश गौतम,साइप्रस । साईप्रसमा रहेका गुरुङहरुले २६०४ औं ल्होछार तमु ल्होछार साँस्कृतिक कार्यक्रमसहित मनाएका छन् ।
साईप्रसको लिमासोल सहरमा भएको कार्यक्रममा यहा रहेका हरेक नेपालीहरु नेपाल भ्रमण बर्षलाई सफल पार्नका लागि सबै सघंसस्था एकजुट हुनुपर्ने धारणा राखेका थिए । तमु समाज साईप्रसकी अध्यक्ष्न कृष्णा तमुको अध्यक्षता तथा गैरअवसिय नेपाली सघं साईप्रसका महासचिव कृपाा थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुखहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।
साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका प्रवासकिो रुपमा गुरुङलगायत साईप्रसमै रहेका कलाकारहरुले आ(आफ्ना गीत र नाचहरु प्रस्तुत गरेका थिए । तमु भेषभूषासहित उपस्थित तमु र गैह्र तमु सहभागीहरु कलाकारहरुका प्रस्तुतिसँगै नाच्दै रमाइलो गरे ।
कार्यक्रममा प्रवासी एकता मन्च साईप्रसका धातानन्द पाण्डे , फोटो पत्रकार समिम मिया , नेपाल मगर सघं साईप्रसका खगेन मगर , जनसम्पर्क समितिकी सह महामन्त्रि लक्ष्मि पौडेल लगाएतको सहभागिता रहेको थियो ।


