दैलेखमा पेट्रोलियम अन्वेषणका लागि साइस्किम स’र्भे सुरु

दैलेख। कर्णाली प्रदेशको दैलेख जिल्लामा सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्यमा साइस्किम सर्र्भे सुरु गरिएको छ । अन्वेषण कार्य सफलतानजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्र्भेको काम अहिले तीव्र पारिएको हो ।

चीन सरकार र नेपाल सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषणमा अगाडि बढाएका छन् । विदेशमा पेट्रोलियम अन्वेषणका लागि काम गरेका अनुभवी नेपाली कामदार अहिले यो कार्यका लागि प्रयोग गरिएका छन् । अनुसन्धानका लागि अत्याधुनिक साधनसमेत दैलेखमा ल्याइएको छ । साइस्मिक सर्र्भेअन्तर्गत जमिनभित्र तरंग पठाउने काम सुरु गर्न थालिएको छ ।

विभिन्न चारवटा सर्र्भेमध्ये सबैभन्दा महŒवपूर्ण मानिएको साइस्मिक सर्र्भेपछि त्यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान गर्न लागिएको खानी तथा भूगर्भविद् एवं अन्वेषण कार्यका लागि खटिएका खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । उनले भने, ‘पेट्रोलियम भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमिनमुनि ड्रिलिङ गर्ने काम सुरु भइरहेको छ ।’

सर्र्भेका लागि १० वटा सर्कलमा १० वटा समूह निर्माण गरेर ड्रिलिङको काम सुरु गरिएको छ । १० मध्ये एउटा सर्कलमा जमिनमुनि करिब ४५ फिट सम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलमा तेही अनुपातमा काममा तीव्रता दिएको छ । जमिनमुनि तरंग पठाएर तरंगहरूको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने भूगर्भ विभाग अन्वेषणका अधिकृत त्रिपाठी बताए ।

तीनवटा स्थानमा साइस्मिक सर्र्भे सम्पन्न

अन्वेषणका तीनवटा सााइस्मिक सर्र्भे सम्पन्न भएका छन् । पूर्व–पश्चिम र उत्तर–दक्षिणका विभिन्न भूभागहरूमा जमिनको ४५ फिट मुनिसम्म सानो मेसिनमार्फत ड्रिलिङ गर्ने कार्य सम्पन्न भएपछि प्रत्येक प्वालमा विस्फोटक पदार्थ राखेर जमिनमुनि आन्तरिक तरंग पठाउने काम सुरु गरिएको छ ।

१० वटा साइस्मिक लाइनमा २ सय किलोमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम सुरु भएको छ । एउटा लाइनमा ४ सय वर्गमिटर भूभाग समेटरे सर्भेको काम भइरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा.गणेश त्रिपाठीले जानकारी दिए । उने भने, ‘गएको मंगलबार साँझसम्म तीनवटा साइस्मिक सर्र्भेको काम सम्पन्न भएको छ । अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर दिशामा १० वटा साइस्मिक लाइन खनिएका छन् ।

बाँकी रहेका सातवटा सेस्मिक लाइनमा काम धमाधम भइरहेको छ । माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमिनभित्र पठाइएको तरंग मापन गरेर अध्ययन लागि पुनः विशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डार क्षेत्रको अन्वेषण कार्य सुरु हुने परियोजनाले जनाएको छ । अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्रेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङजस्ता काम सम्पन्नपश्चात् महŒवपूर्ण मानिएको साइस्मिक सर्भेको काम अहिले सुरु गरिएको हो ।

सदियौंदेखि निरन्तर बलिरहेको ज्वाला खोलामा बगिरहेको तरल पर्दाथका आधारमा यस क्षेत्रमा ग्याँस रहेको प्रमाणित भइसकेको छ । विगत १० वर्षदेखि अन्वेषण कार्यमा लागेका भोजपुरका एक कामदारले दैलेखको अन्वेषण कार्यमा ग्याँस रहेको भन्ने ७५ प्रतिशत सम्भावना नजिक रहेको बताए ।

यसपालि चिनियाँ प्राविधिक टोलीले संकलन गरेको स्रोत र चटानको नमुना परीक्षणबट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले जानकारी गराएको जमिनमुनि पेट्रोलियम पर्दाथ थुनेर राख्न सक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतही अन्वेषण तथा अनुसन्धानबाट देखिएको भूगर्भविद् डा.गणेश त्रिपाठीले बताए । राजधानी दैनिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।