रङ्गशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदान बिशेषज्ञ

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउण्डेशनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुर बिच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमा मैदानका लागी बिशेषज्ञ बोलाएको यो पहिलो पटक नै हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको ब्यक्तिसंग जोडिन पाएकोमा खुसी भएको बताउँछन् । उनका अनुसार ४ महिनामा प्याराफिट बिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड रेडी गर्ने र निर्माण अवधी पछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमा जोडिनेछन् ।

वार्नपुरा श्रीलंका टेस्ट क्रिकेट टिमको पहिलो कप्तान समेत हुन् । उनि झण्डै ८ बर्ष श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेशन डाईरेक्टर समेत रहिसकेका छन् । वार्नपुरा श्रीलंकाका लागी पहिलो ओ.डि.आई. खेल्ने खेलाडी समेत हुन्, जसले आफ्नो करियरमा पहिलोपटक श्रीलंकालाई जित दिलाएका थिए ।

उनले आफ्नो करियरमा १९७९ को विश्व कपमा भारत बिरुद्धको खेलमा १८ रन र १ विकेट लिँदै खेल श्रीलंकाको पक्षमा जिताएका थिए । जुन श्रीलंकाका लागी पहिलो जित थियो र उनको करियरमा यो खेलले इट्टा थप्ने काम मात्र गरेन् यो एक एसोसिएट सदस्य राष्ट्र द्धारा श्रृलंकाका लागी एक मात्र जित थियो, जसमा उनको नाम दर्ज छ । उनि श्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षक समेत रहेर काम गरेका थिए र सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (ए.सि.सि.) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए ।

२०१६ मा ‘युथ वीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रुपमा समेत उनले काम गरिसकेका छन् । हाल उनि आईसिसि अन्तर्गत को एसियाको ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर काम गरिरहेका छन् । जनस्तरबाट सहयोग संकलन गरी निर्माण गरिने यो रङ्गशालामा बिदेशबाट ल्याईएको पहिलो स्पेशलिष्ट उनि हुन् ।

वार्नपुरालाई रङ्गशाला निर्माण अवधिभरका लागी सम्झौता गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । ‘रङ्गशाला निर्माण अन्तर्राष्ट्रिय स्तरको मात्रै होईन् यो एउटा नेपालको गौरव पनि भएकाले बिज्ञ मानिस राख्नुपर्छ भन्ने हाम्रो टिमको सल्लाहअनुसार उहाँलाई बोलाएका हौं’ वार्नरको बिज्ञता अनुसार अभियानमा जोडिन बोलाईएको बताउँदै धुर्मुसले भने ‘अझै पनि बिशेषज्ञहरु आवश्यक परेको खण्डमा नेपालमै भएका वा बिज्ञहरु बाहिरबाट ल्याएर भएपनि सबैले तारिफ गर्ने र सबै देशले खेल्न चाहने रङ्गशाला बनाउँछौं ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।