नगरसभा च’लिरहँदा ढुंगा-मुडा प्र’हा’र, घ’टनामा प्रदेशका माननीय सहभागी

मुगु । मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको छैटाैँ नगर सभा भैरहँदा हल बाहिर ढुं गामुडा गरिएको छ । सोमबार कृषि कार्यालयको सभाहलमा नगरसभा चलिरहँदा हलबाहिर नेकपा समर्थक जिल्ला स्तरका नेता कार्यकर्ताहरुले ढुं गामुडा गरेका हुन् ।

नगरपालिका नगरसभा सञ्चालन कार्यविधि २०७४ को परिच्छेद २ दफा ३ अनुसार कृषि कार्यालयको हलमा नगरपालकाको सातौं नगरसभा उदघाटन भइ केही प्रस्ताव र निर्णयहरु बहुमतका आधारमा पारित भएपछि हलभित्र असुन्तष्ट सदस्यहरुले होहल्ला गरेपछि हल बाहिर रहेका नेकपा समर्थक जिल्लास्तरका नेता कार्यकर्ताहरुले ढुन्गा मुडा गरेको नगर प्रमुख हरिजंग शाहीले बताए ।

ढुंगा मुडाले कृषि हलका झ्यालका सिसा र ढोकामा क्षति भएका छन् । बाहिर ढुं गामुडा र भित्र हो–हल्ला हुँदा हलभित्र असन्तुष्ट सदस्यहरु वडा नं ५ का वडा अध्यक्ष डम्बर रावल, कार्यपालिका सदस्य रत्न बढुवाल र सर्मथक सदस्यहरु सुवास बुढा, परेगराज चौलागाई, कर्ण रावललाई सामान्य चोट लागेको छ ।

ठुलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएकाले ठुलो दुरघटना भने हुन पाएन । नगर सभाका बहुमत सदस्यहरुले बजेट, नगर शिक्षा ऐन २०७५ संशोधन र स्वास्थ्य ऐन, नगरपालिका केन्द्र भित्र शान्ति सुरक्षाका लागि सिसि क्यामारा जडान, अल्का साँधु–चराप, नेटा–थार्प, तलितुम–लामाचौर, रंजनबालै–घट्टलेख–चराप र कोटिल्ला–सातमोड सडक नगरपालिकाको जेसिवीबाट निमार्ण गर्ने र नगरपालिकाको कार्यालय भवन निमार्णका लागि जग्गा खरिद गर्ने निर्णय पारित भएको नगरसभा सदस्य परेगराज चौलागाईले बताए । जनताका पक्षमा भएका निर्णयहरुको साथीहरुले यो वा त्यो नभनेर समर्थन गर्नुपर्नेमा राजनैतिक नजरबाट ग्रसित भइ स्वनिर्णय गर्न नसक्दा सामान्य होहल्ला भएको नगरसभा सदस्य कर्ण बहादुर रावलले जानकारी गराए ।

यता नेकपा सर्मथक जिल्ला स्तरका नेताहरुले नगरप्रमुखले आफना सदस्यहरुलाई लोभ लालजमा फसायर सधै बहुमत जुटाउने र लामो छलफलै नगराएर आफु अनुकलको निर्णय गर्ने गरेकाले आफुहरु बाध्य भएर विरोधमा उत्रनु परेको बताएका छन् । छैटौं नगरसभामा नेकपा समर्थक वडा नं २ का वडा अध्यक्ष परेगराज चौलागाई, वडा नं १२ का वडा अध्यक्ष सुवाश बुढा, कार्यपालिका सदस्य कर्ण कुलाल, हजारकला विक, पशुपती शाही, सहित १० सदस्यहरुले नगर प्रमुखले प्रस्ताव गरेका प्रस्तावहरुको समर्थन गरेका थिए ।

नगरसभाका कुल ७२ सदस्यहरु मध्ये ३७ नेकपा र ३५ काँगे्रस समर्थक सदस्यहरु रहेका छन् । यो नगरसभामा नेकपाबाट निर्वाचित १० जना सदस्यहरुले समर्थन गरेकाले अब ४५ मेयरको सर्मथन र २७ असमर्थनमा रहेको वडा नं ४ का वडा अध्यक्ष विष्णु कुमार भामले बताए ।
यसै बिच पटक पटक पार्टीको निर्णयहरुको उल्लंघन गर्दै आफ्नो व्यक्तिगत स्वार्थका लागि नगरप्रमुखले प्रस्ताव गरेका निर्णयहरुको समर्थन गर्ने नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुलाई कारवाहीका लागि पार्टीका सम्बन्धित निकायहरुमा सिफारिस गरिएको नेकपा नगर कमिटीले बताएको छ ।

ढुंगा मुडामा प्रदेश माननीय सहभागी

मुगु जिल्ला प्रदेश कबाट कणाली प्रदेशका लागि निर्वाचित सांसद दानसिंग परियार आफनो काम, कतव्र्य र कार्यक्षेत्र भुलेर मंगलबार छायाँनाथ रारा नगरपालिकाको सातौं नगरसभामा चलिरहेको बेला नेकपा समर्थक नेता कार्यकर्ताहरुले गरेको ढुंगा मुडा प्रहार आफैँ सरिक भएको पाइएको छ । सांसद जस्ता राज्यको पद सम्हालेका व्यक्ति प्रचलित नियम, कानुन, संविधानको अधिनमा रहि आफनो कार्यक्षेत्रमा सरिक हुनपर्नेमा हुल हुज्जत, स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम चलिरहेको नगरसभा अवरुद्ध कार्यमा सहभागी हुनु लाजमर्दो दृश्य भएको नगरपालिकाले जनाएको छ ।

स्थानिय सरकारले संचालन गरेका काम कारवाहीमा जनमुखि काममा समर्थन र नियम विरित कार्यमा विरोध गर्नुपर्नेमा सत्ता पक्ष रहेका नेकपा जिल्ला स्तरका नेताहरु संघीयतालाई नै चुनौती दिँदै स्थानिय सरकारले संविधान, स्थानिय सरकार संचालन ऐन र नगरसभा संचालन कार्यविधि अनुसार संचालन भैरहेको नगरसभालाई स्वत विवेक र स्वनिर्णय गर्न नदिएर अनावश्यक बाहिर हस्तक्षेप गर्न खोजेको पनि नगरपालिकाले बताएको छ ।

यसै बिच नगरपालिकाले सोमबार भएको घटनाको भर्सना गर्दै २ वटा छुट्टा छुटटै पे्रस विज्ञप्ती निकालेको छ । प्रमुख प्रशासकिय अधिकृत ललितजंग मल्लदारा हस्ताक्षेरित विज्ञप्तिमा छायानाथ रारा नगरपालिकाको नगरसभा संचालन कार्यबिधि २०७४को परिच्छेद २ दफा ३ अनुसार नगरपालिकाका नगर प्रमुख ज्युको मिति २०७६।९।२१को आदेशानुसार सोमबार संचालन भैरहेको नगरसभा विथोल्न सहभागी प्रदेश सांसद र नेकपा जिल्ला स्तरका नेताहरुका कार्य प्रति घोर भर्सना गर्दै आगामी दिनमा यस्ता कार्यमा पदिय दायित्वमा रही सहभायी नहुन र नगर्न हुन अनुरोध गरिएको छ ।

अर्को विज्ञप्तीमा गत मंसिर १५ गते नगर प्रमुखलाई लक्षित गरी नगरप्रमुखको निवासमा बम प्रहार गरिएको र त्यसको गम्भिरता पुर्वक अनुसन्धान नगरि पुन नगरसभा बाहिरी व्यक्तिहरुबाट विथोलिने कार्य हुनु र शान्ति सुरक्षाका जिम्मा पाएका निकायहरु सार्वजनिक सम्पत्ती र नगरप्रमुख लक्षित प्रहार हुँदा पनि मुख दर्शक भएर बस्नुले कतै राज्य संयन्त्र नै विपक्ष दलहरुबाट निर्वाचित जनप्रतिनिधीहरुलाई सिध्याउने कार्यमा सरिक त छैन भन्ने आशंका उब्जाएको र सार्वजनिक पद र सम्पत्तीको सुरक्षा गर्ने जिम्मेवारी पाएका निकायहरुले आभाश हुने गरी शान्ति सुरक्षा दिनहुन अनुरोध गरिएको छ । राजधानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।