चीनको सिमानामा पहिलोपटक सश’स्त्रको सीमा सु’रक्षा पोष्ट स्थापना

संखुवासभा, १ माघ । चीनको सिमानामा पहिलोपटक सशस्त्रको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापन गरिएको छ । चीनसँग सिमाना जोडिएको संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरी बलले सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट) राखेको हो ।

सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सीमा पोष्टको उद्घाटन गरेको न्यूज२४नेपालमा खबर छ ।

पोष्ट स्थापनाका लागि पूर्व क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोलीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत किमाथांका लगिएको थियो । स्थानीय व्यक्तिका २ तले २ घर भाडामा लिएर सो सीमाचौकी स्थापना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सीमा सुरक्षा पोष्ट स्थापना गरिएको स्थान संखुवासभाको सदरमुकाम खाँदबारीबाट ११० किमि टाढा र नेपाल–चीन सीमाबाट १ कीमीको दूरीमा छ ।

सीमा सुरक्षा पोष्टसँगै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट संख्या ११२ पुगेको छ । केहि दिनअघि नेपाल सरकारले सशस्त्र प्रहरी बलको १ सय १४ नयाँ सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖