तामाङ घेदुङ प्र वास शाखा साउदी अ रेबियाले यसरी सोनाम ल्होछार मनाउने

साउदी । नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाले ‘ सोनाम ल्होछार सांस्कृतिक समारोह ‘को आयोजना गरी सोनाम ल्होछार मनाउने भएको छ ।

घेदुङले बिगतका वर्षहरुमा झैं यसवर्ष तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार (जीवा) अर्थात मुसा बर्गको अवसरमा यही जनवरी २४ तारिख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष दिलबहादुर थिङले जानकारी दिए ।

बिहान ११:३० बजेबाट शुरु हुने ल्होछार विशेष कार्यक्रम साउदीको जेद्दा शहरस्थित येल्लो लेमन (Yellow Lemon) रेस्टुरेण्ट, सरफियामा हुने महिला उपाध्यक्ष शान्ति लामाले बताइन् ।उपाध्यक्ष शान्तिले थपिन् – कार्यक्रममा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।

मौलिक कला, संस्कार, संस्कृति, धर्म, भाषा, परम्परा, पहिचान लगायतलाई सम्बर्द्धन तथा प्रवर्द्धनका लागि घेदुङले कार्यक्रम गर्न लागेको सचिव शैलेश तामाङले बताए । सचिव तामाङका अनुसार कार्यक्रम जेद्दाका कार्यवाहक नेपाली महावाणिज्यदूतको आतिथ्यमा सम्पन्न हुनेछन् ।

घेदुङले सोनाम ल्होछार कार्यक्रमलाई भव्य बनाइदिन विभिन्न जिल्लाबाट साउदी आइपुगेका तामाङ तथा गैर तामाङहरुलाई उपस्थित हुन आग्रह गरेका छन् । मिडियाकर्मीहरुलाई बृहत प्रचारप्रसार गरी साउदीको कुनकुनमा पुर्‍याए दिन आयोजकले अनुरोध गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।