प्रचण्डले ‘५ हजारको जिम्मा लिन्छु’ भनेपछि भट्टराईको यस्तो प्रतिक्रिया

काठमाडौं, २ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले हिजो बुधबार विगतमा आफ्नो नेतृत्वमा माओवादीले गरेको स श स्त्र द्व न्द्वताका मा रिएकामध्ये पाँच हजारको मात्र जिम्मा लिने बताएका थिए ।

प्रचण्डले बाँकी १२ हजारको जिम्मा तत्कालीन राजा र राज्यपक्षले लिनुपर्ने बताएका थिए । बुधबार काठमाण्डौको टुँडिखेलमा थारु समुदायको माघी महोत्सवलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले द्व न्द्वकालमा भएका घ टनाको सोलोडोलो जिम्मा आफ्नो काँधमा हालिदिने प्रवृत्तितर्फ संकेत गर्दै उक्त अभिव्यक्ति दिएका हुन्। तर प्रचण्डको उक्त भनाइप्रति विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

यसै क्रममा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समेत प्रचण्डको उक्त भनाइप्रति टिप्पणी गरेका छन् । भट्टराईले बिहीबार आफ्नो ट्विटरमार्फत् ‘जनयु द्धको क्रममा ह ताहत भएकाहरूबारे भागब ण्डा गरेर जिम्मेवारी लिने/दिने विस्तृत शान्तिसम्झौताको म र्म’ नभएको प्रतिक्रिया दिएका छन् ।

१. जनयु’द्धको क्रममा ह’ताहत भएकाहरूवारे भागबण्डा गरेर जिम्मेवारी लिने/दिने विस्तृत शान्तिसम्झौताको मर्म हैन।TRCमार्फत तत्कालीन सत्ता र वि’द्रो’ही दुवै पक्षले समष्टिगत रूपमा हल गर्ने र समाजमा मेलमिलाप/शान्ति कायम गर्ने हो! एकअर्काको कोर्टमा भकुण्डो फ्याँक्नु सट्टा छिटोTRCको काम सकौं!

२. जहाँसम्म रेशम चौधरी लगायतलाई छोड्ने कुरा छ त्यो गर्नैपर्छ! तर त्यसमा पनि व्यक्तिगत जश लिने हो’ड गर्नु सट्टा टीकापुर थारू वि’द्रो’हलाई राज्यले राजनीतिक घ’टनाको रूपमा स्वीकारेर आम माफी दिने र थरूहट/थारूवान प्रदेश निर्माण गरेर उ’त्पी’डित थारूजातिको दीर्घकालीन मु’क्ति सुनिश्चित गर्नुपर्दछ!



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।