जहाँ एकदिन बत्ती आए ४ दिन आउँदैन
कालिकोट । जिल्लाको एकमात्र पोतमारा लघुजलविद्युत आयोजना नियमित संचालनमा नहुँदा जिल्लाका नागरिकहरुलाई अन्धकारमा बस्नु परेको छ । २०४४ सालमा स्’वर्गीय माननीय धर्मदत्त उपाध्यायको आतिथ्यतामा पोतमारा लद्युजलविद्युत आयोजनाको उद्धघाटन गरिएको हो ।
३२ वर्ष अगाडी संचालनमा रहेको उक्त आयोजनाले कालिकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाका करिव २६ सय सेवाग्राहीलाई सेवा दिँदै आएको छ । जिल्लाको सदमुकाम मान्ममा एक दिन बत्ती आउने र अक्रो दिन सान्नी र रास्कोटमा बत्ती छोड्ने गरेको छ ।
चिसो महिनामा बत्तीको भोल्टेज अपुग हुने भएकाले बत्ती अनियमित बनेको छ । नेपाल विद्युत प्राधिकरण कालिकोटका प्रमुख मेगराज जोशीका अनुसार पोतमारा लद्युजलविद्युत आयोजनाको क्षमता ५ सय किलोवाट रहेतापनि हाल मेसिनमा देखिएको खराबीका कारण १ सय ८० किलोवाट क्षमताको भोल्टेज सेवाग्राहीको प्रयोगमा रहेको बताएका छन् ।
सेवाग्राहीका गुनासै गुनासा

एकदिन बत्ती आउने चार दिन नआउने समस्याले सेवागा्रही दिक्क भएका छन् । पावरको अभाव हुँदा जिल्ला स्थित उद्योगी, व्यापारी, सञ्चार माध्यमलगायतका विद्युतीय उपकरणहरुमा ठुलो समस्या देखिने गरेको छ । घरी बत्ति आउने घरी जाने कारणले विद्युतिय उपकरणहरु पड्किने, बिग्रनेलगायतका थुप्रै समस्याले हैरान भएको खाँडाचक्र नगरपालिका निवासी अग्नि ज्वाला टेक्निकल इन्स्चिुटका पबन बहादुर बमले बताए । पवन मात्रै हैनन् होटल व्यवसायी सगुन बोगटीले बत्ती आउने जाने समस्याले मिटर बक्स बिग्रने, बिल मात्रै धेरै आउने र बत्ती नियमित बाल्न नपाएको गुनासो गरे ।
यस्तै व्यवसायी भिम बहादुर सिंहले पनि बत्ती नचाहिने समयमा आउने, चाहिने दिनमा बत्ती नआउने समस्याले हैरान भएको बताउँछन्् । साथै सिंहले बत्ती कति कति समयमा आउँछ निर्धारित तालिका समेत लागु गर्नुपर्ने माग राखेका छन् । सामुदायिक रेडियो चंखेलीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले विद्युत सेवा नियमित नहुँदा संचार माध्यमहरुमा ठुलो क्षतिका साथै विद्युतिय उपकरणमा दैनिक जसो समस्या देखिने बताएका छन् । हाल जेनेरेटर संचालन गरेर रेडियो संचालन गरिरहेको उनले बताए । कालिकोटमा संचालित सामुदायिक रेडियोहरु सोलार र जेनेरेटरको भरमा छन् ।
यता प्रदेशसभा सदस्य माननीय कुर्मराज शाहीले राष्ट्रिय प्रसारण लाइन नआएसम्म कालिकोटका नागरिकहरुले सोचे बमोजिमको विद्युततिय पावर प्रयोग गर्न नसक्ने बताएका छन् । राष्ट्रिय प्रसारण लाइनको लागि लाइन तान्ने काम लगभग सकिनै लागेको र अबको केही महिनामै राष्ट्रिय प्रसारण लाइन कालिकोटबासीले बाल्न पाउने बताए । ३२ वर्ष अगाडी काम शुरु गरिएको पोतमारा लघुजलविद्युत आयोजना धेरै पुरानो भइसकेको र अब नयाँ मेसिन प्रयोग गरी सेवाग्राहीलाई नियमित सेवा दिन लागि परेको कालिकोट विद्युत प्राधिकरणका प्रमुख मेगराज जोशी जनाएका छन् ।
पावर नहुँदा टावरमा समस्या
कालिकोटमा रहेको नेपाल टेलिकममा पनि पावर नहँदा टावरमा ठुलो समस्या हुने गरेको छ । नेपाल टेलिकम कालिकोटले ४ जि सेवा संचालनमा ल्याएसंगै बत्ती अपुगका कारण फोनमा पनि समस्या हुने गरेको छ । नेपाल टेलिकम कालिकोटमा जेनेरेटरबाट सेवाग्राहीलाई सेवा दिएपनि त्यति राम्रो काम समेत गर्दैन । नेपाल टेलिकम कालिकोटका प्रमुख प्रेम विष्टले भने पोतमारा लद्युजलविद्युत आयोजनाले विद्युतका सेवाग्राहीलाई मात्रै हैन नेपाल टेलिकमका सेवाग्राहीलाई पनि ठुलो समस्या रहेको बताएका छन् ।
विद्यत नहुँदा टेलिकम बन्द हुन्छ । यसले गर्दा सरकारी तथा गैरसरकारी संस्थाहरुलाई दैनिक कामकाजमा समेत ठुलो धक्का पुगेको छ । स्थानिय बासीहरुले यस जलविद्युत आयोजनामालाई मर्मत सम्भार गर्न राज्यको ध्यान नगएको बताउँदै अव स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारले कालिकोट अन्धकारबाट हटाउन समेत आग्रह गरेका छन् । राजधानीबाट


