चु नौती वि श्लेषण गरेर सु रक्षामा खट्न नि र्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चुनौतीको विश्लेषण गरेर सुरक्षामा खटिन मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

काठमाडौँको स्वयम्भूमा आज आयोजित ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्स’को समापन समारोहमा उहाँले व्यवसायिक क्षमता प्रदर्शन गर्नसमेत आग्रह गरे । उनले देशभर खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र जनताको सेवा, सुरक्षा, सहयोग एवं आपतविपद्मा परेकाहरुको उद्धार कार्यमा व्यावसायिक ढङ्गले क्रियाशील रहनसमेत निर्देशन दिए ।

सो अवसरमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्स अवार्ड’ प्रदान गरिएको थियो । यस्तै सशस्त्र प्रहरी उपरीक्षक किरण ढुङ्गानालाई ‘बेस्ट रिसर्च अवार्ड’ प्रदान गरिएको थियो ।

कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण गरिएको थियो । गतसाल असोजबाट शुरु भएको १६ महिने उक्त कोर्सको आज समापन गरिएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।