आस्था राउतको द’म्भ उनैलाई भारी, मु’द्दा च’लाउँदै प्रहरी

काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीसँगको ल फडाले ध क्का लागेको छ । आफूलाई विमानस्थलमा चेकजाँच गरेको भन्दै प्रहरीमाथि खनिएकी आस्थावि रुद्ध प्रहरीले ‘अ भद्र व्यवहार’को क सुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठमाथि आस्थाले ‘अ भद्र व्यवहार’ गरेको आ रोप छ । आस्थामाथि ‘गा लीगलौज’ र ‘अ भद्र व्यवहार क सुर’मा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यही गएको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (डोमेष्ट्रिक) बाट विराटनगर जान लागेकी आस्थालाई चेकजाँचमा गर्ने प्रहरी जवान रमितामाथि भ नाभन भएको भिडियोसमेत सार्वजनिक भएको छ ।

आफूलाई प्रहरीले दु व्र्यव्यवहार गरेको भन्दै आस्थाले आफ्नो फेसबुक पेजबाट प्रहरीमाथि खनिएकी थिइन् । तर, प्रहरीले सार्वजनिक गरेको सिसीटिभी फुटेजमा आस्थाकै गल्ती देखिन्छ । अनुसन्धानकै क्रममा प्रहरीले सिसिटिभी फुटेज सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुटेज

महानगरीय प्रहरी परिसर काठमाडौंले गायिका आस्थामाथि अनुसन्धान सुरु गरेको जनाएको हो । पीडित जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आस्थावि रुद्ध उ जुरी दिएकी छन् । प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट आस्था र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेज झिकाएर कसुर गर्नेमाथि का रबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो ।

अ भद्र व्यवहारसम्बन्धी प्रारम्भिक अनुसन्धानमा आस्थाकै गल्ती देखिएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताएका छन् । अ भद्र व्यवहारको मुद्दा स्थानीय प्रशासनबाट कारबाही चलाइन्छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालबाट म्याद थपेर घ टनाको थप अनुसन्धान गर्न सक्छ । क सुर प्रमाणित भएमा आ रोपीविरुद्ध ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय गराउन सक्नेछ ।

आस्था नेपाली सांगीतिक क्षेत्रमा खाशै चिनिएकी गायिका होइनन् । उनका केही गीत चर्चामा आएपनि उनलाई सिमित दर्शक तथा श्रोताले मात्र चिन्छन् । त्यसमाथि २४सै घण्टा ड्युटीमा खट्न प्रहरीले उनलाई चिन्ने कुरै भएन ।

तर, आस्थाले आफू गायिका भएको द म्भ देखाउँदै प्रहरीले आफूमाथि ‘तँ’ शब्द प्रयोग गरेको भन्दै प्रहरीलाई गा लीगलौज गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अ नुसन्धान सुरु गरेको थियो । दृष्टिबाट

आस्था राउतले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेको भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।