अन्नपूर्ण हि मप हिरोमा परेका सबैलाई तुरुन्तै उ द्धार गरेका छौं: पर्यटनमन्त्री भट्टराई

काठमाडौं । सरकारले पर्यटकका लागि नेपालमा कुनै पनि सुरक्षा चुनौती नरहेको बताउँदै ढुक्क भएर भ्रमण गर्ने पर्यटकलाई आग्रह गरेको छ । कुनै पनि ठाउँमा विदेशीहरु एक्लै घुम्नसक्ने अवस्था रहेको भन्दै सरकारले पर्यटकको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराखेको जनाएको छ ।

नेपाल वैकल्पिक अध्ययन समाजद्वारा आज राजधानीमा आयोजित ‘समृद्धिमा पर्यटनको अर्थ¬राजनीति’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले माओवादी जनयुद्धका बेलामा समेत पर्यटक पूर्ण सुरक्षित रहेको स्मरण गर्दै अहिलेको अवस्थामा सुरक्षा चुनौती छ भन्नु अफवाह मात्रै हुने जिकिर गरे ।

नेपालमा जस्तो पर्यटक सुरक्षित कहीँ पनि नभएको बताउँदै मन्त्री भट्टराईले भने, ‘माओवादी जनयुद्धका बेलामा १७ हजार नेपालीले ज्यान गुमाउँदा एउटा पनि पर्यटक नमरेको कुरा भन्न किन डराउने ? कम्बोडिया र श्रीलङ्काको युद्धमा कति मान्छे मरे, नेपालको कहाँ छैन सुरक्षा, सय प्रतिशत सुरक्षा छ ।’

यथार्थ स्वीकार गर्दै राम्रा कुरालाई अगाडि ल्याउन सुझाव दिँदै उनले भने, ‘अहिले पनि एउटा विदेशी महिला एक्लै लौरो टेकेर गाउँगाउँ घुमिरहेकी छिन्, उनीमाथि कसैले प्रश्न गर्दैन, उनी पूर्ण सुरक्षित छिन् ।’ नेपालको पूर्वदेखि पश्चिमसम्म नै अथाह पर्यटकीय सम्भावना बोकेको ठाउँ रहेको उनले बताए । मन्त्री भट्टराईले स्वागत सत्कारका हिसाबले नेपालीहरु विश्व मै अगाडि रहेको समेत बताए । उनले कुनै पर्यटक समस्यामा परे सरकारले तत्कालै एक्सन लिने र उनीहरुलाई सुरक्षित पार्ने गरी तयारीमा रहेको जानकारी गराए ।

अन्नपूर्णको हिमपहिरोमा परेका सबैलाई तुरुन्तै उद्धार गरेको र सात जना अझै हराइरहेका भन्दै मन्त्री भट्टराईले चाइनिज चढेको बस चितवनमा दुर्घटना हुँदा पनि तुरुन्तै उद्धार गरी अस्पतालमा लगेर उपचार गराएको जानकारी दिए । हाम्रो कारणले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश नजाओस् भन्नेमा सरकार सचेत रहेको पनि उनले बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी ईरा प्रसाईले पर्यटन विकासका लागि सेवा सुविधाको विस्तार र पूर्वाधार निर्माण जरुरी रहेको औँल्याए । उनले गुणस्तरीय पर्यटक भित्र्याउनका लागि सरकारी पहल जरुरी रहेको बताए ।

पर्यटन विज्ञ प्रचण्डलाल श्रेष्ठले विदेशीसहित आन्तरिक पर्यटनको विकासका लागि सरकारले छुट्टाछुट्टै नीति ल्याउनुपर्नेमा जोड दिए । नेपालमा पर्यटकीय क्षेत्र हो भनेर मात्रै नहुने बताउँदै उनले पर्यटकका लागि मनोरञ्जन लिने ठाउँ हुन जरुरी रहेको उल्लेख गरे । संस्कृति र प्रकृतिले मात्रै पर्यटन विकास हुन नसक्ने जिकिर गर्दै उहाँले त्यसमा आकर्षण गर्नसक्ने प्रस्तुतीकरण जरुरी रहेको बताए ।

कार्यक्रममा पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा.सागरराज शर्माले पर्यटनसम्बन्धी उपयुक्त नीतिको जरुरी रहेको औँल्याउँदै कमजोरी पत्ता लगाएर सुधार आवश्यक हुने बताए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖