अमेरिका पुगेकी उपमेयर घरपरिवारबाटै स’म्पर्कविहीन
कालिकोट । नेपाल नगरपालिका महासंघको प्रतिनिधित्व गरी अमेरिकाको गोष्टीमा पुगेकी कालिकोटको तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली घरपरिवारबाटै स’म्पर्क विहिन रहेको आफन्तजनले बताएका छन् ।
उपमेयर नेपालीका भाइ कविराज बरालका अनुसार आफुसंग एक महिना फेसबुकमा कुरा गरेकी थिइन्, त्यसपछि फेसबुक नै बन्द छ, फोन पनि गरेकी छैनन् । उतिबेला उनले आफु बिरामी भएर हस्पिटलमा भ’र्ना भएको बताएकी थिइन् ।
उनले भने, ‘अहिले घरका बुवाआमा र मसंग कुनै पनि कुरा भएको छैन ।’ उपमेयर नेपालीका भाइको नाता पर्ने अर्का नंया सार्कीले, आफुलाई एक महिना अगाडि फोन भएअनुसार, नेपाल फर्किने नफर्किने कुनै निश्चत नरहेको बताएकी थिइन् । पाँच महिनासम्म सम्पर्क विहिन भनी मिडियामा समाचार आएपछि कर्णाली प्रदेश सरकारले नगरप्रमुख रतन बहादुर शाहीसंग जानकारी मागेको राजधानीमा छ ।


