७५ वर्षीय यीबृद्दा जसले एक्लै पहाड फो’डेर गाउँमा बाटो पुर्याए, अहिले गाउँमै एम्बुलेन्स पुग्छ
काठमाडौँ । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे त’न्नेरीको जस्तै छ। उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्ने गर्छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पु¥याउने ।
चार वर्षदेखिको उनको सपना एक्लैले पूरा गरेको छ। तुलसीपुर उपमहानगरपालिका–३ खमारीका वलीले एक्लैले खनेर गाउँसम्म सडक पु¥याएको हो। गाउँको नजिकै राजमार्ग छ तर गाउँसम्म पुग्ने गोरेटोबाटो समेत थिएन। हिँड्दा भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएका छन्। स्वयम् उनको परिवारका १३ जना सदस्यमध्ये नौजना दृ’ष्टिविहीन रहेका छन् ।

वलीले २०७१ सालदेखि घरसम्म पुग्ने बाटो पु¥याउने सपना देखे । गाउँघरका कतिपय बुज्रुक व्यक्तिले समेत हुनै नसक्ने काम गर्न थाल्यो भन्दै खिसिट्यु’री गर्न थाले। तर उनी एक्लैले आँट गरेर बाटो खन्न थाले । बिहान ४ बजे उठेर बाटो खन्न जान्थे आँखा देखुन्जेल खन्थे । राजमार्गदेखि सडक गाउँसम्म त पुग्यो नै तर वलीलाई त्यो सडक घरसम्मै पु¥याउनु थियो।
वली भन्छन्, “बिरामी पर्दा खटियामा बोकेर बिरामीलाई गाडी चढ्ने ठाउँसम्म पु¥याउने बाटो पनि थिएन। तर गत वर्ष मेरै घरकी बुहारी बिरामी पर्दा घरसम्मै एम्बुलेन्स आयो।” अहिले गाउँमा जोकोही बिरामी पर्दा एम्बुलेन्स गाउँमै पुग्छ, दिनहुँ अटो, मोटरसाइकल गुड्ने गर्छन्। यस्तो देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट


