श’हिदहरुको सम्मान गरे मात्र मुलुकले सफलता प्राप्त गर्न सक्छ
धनकुटा खबर, माघ १६ । आज राष्ट्रिय श’हिद दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईएको छ । श’हिद दिवसको अवसरमा धनकुटामा आयोजित श्र’द्धाञ्जली कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले श’हिद राष्ट्रको गहना भएको वताएकाछन् ।
उनिहरुले श’हिदहरु राष्ट्रको गहना भएकोले श’हिदहरुको सम्मान गरे मात्र मुलुकले सफलता प्राप्त गर्न सक्ने वताएकाछन् । हुसाडेक नेपाल धनकुटाद्धारा आयोजित कार्यक्रममा पूर्व सांसद गोपाल गुरागाईले श’हिदहरुको सपना पूरा गर्न अव सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

त्यस्तैगरी १ नम्वर प्रदेश सभाका सांसद निरन राई, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान, धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा कृष्ण वहादुर घिमिरे, नेकपा धनकुटाका सचिव ऋषिराम ढंगाना, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, समाजवादी पार्टीका धनकुटा नगर ईञ्चार्ज सरोज आठपहरिया, राप्रपा संयुक्त धनकुटाका जिल्ला सदस्य मिन वहादुर कार्की लगायतले श’हिदहरुको प्रतिमामा फुलमाला लगाई दिई श्र’द्धाञ्जली अर्पण गरेका थिए ।
हुसाडेक नेपालका अध्यक्ष खेम घिमिरको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सरोज भूजेलले गर्नुभएको थियो।


