धनकुटाको औद्योगिक ग्राम : ३५ बर्षमा संरचना, ९ महिना पछि बल्ल कार्यविधि बनाउन सुरु
धनकुटा खबर, १७ माघ । धनकुटामा रहेको औद्योगिक ग्राम सञ्चालनका लागि संरचना वनाईएको नौ महिना पछि बल्ल कार्यविधि बनाईन सुरु गरिएको छ ।
कोशी पहाडी जिल्लाको प्रवेशद्धार धनकुटामा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरि तिनको प्रवद्र्धन गर्ने उदेश्यका साथ घोषणा गरेको करिव ३५ बर्ष पछि धनकुटामा औद्योगिक ग्रामका भौतिक संरचना निर्माण भए ।
तर कार्यविधि तयार नहुँदा भौतिक संरचना निर्माण भए पनि संचालनमा नआएको औद्योगिग ग्रामको संरचना वनाईएको नौ महिना पछि वल्ल कार्यविधि वनाईन शुरु गरिएको छ । धनकुटा–६ आत्मारामा करिव ६५ रोपनी क्षेत्रफलको जग्गामा ५ करोड रुपैया खर्चेर विभिन्न भौतिक संरचना निर्माण गरिसकेको छ । कार्यविधि अभावकै कारण ग्राम संचालनमा आउन नसकेको थिएन ।

अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं १ का न्याय , प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले पहाडी क्षेत्रको एकमात्र औद्योगिक ग्राम सञ्चालनमा आउन सके मुलुक कै नमुना औद्योगिक ग्राम वन्ने धारण राख्नु भएको थियो । सभासद निरन राईले औद्योगिक ग्राम यस क्षेत्रको गहना भएको चर्चा गर्दै यहाँ औद्योगिक ग्राम सञ्चालन भएमा यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने चर्चा गर्नुभयो ।
यसैगरि प्रदेश सभासद लिला सुव्वाले पहाडी क्षेत्रमा उद्यम विकासका लागि सम्वन्धित निकायले यथाशिघ्र कार्यविधि वनाई सञ्चालनमा ल्याउन माग गर्नुभयो । छथर जोरपाटी गाँउपालिकाका अध्यक्ष शेरवहादुर लिम्वुले औद्योगिक ग्राम सञ्चालनका लागि यथाशिघ्र कार्यविधि ल्याई ग्राम सञ्चालनमा ढीलाई गर्न नहुनेमा जोड दिनुभयो ।
प्रदेश नं १ का उद्योग वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिव राईको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख दिनेश ढुंगानाले औद्योगिक ग्राम सञ्चालनका लागि प्रस्तावित धनकुटा औद्योगिक ग्राम सञ्चालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधी २०७६ छलफल र सुझाव संकलनका लागि प्रस्तुत गर्नुभएको थियो ।


