नौ वर्षको उमेरमै इन्जिनियरिङमा स्नातक पूरा गर्दै

एजेन्सी । बेल्जियमका एक अत्यन्त तीक्ष्ण स्वाभावका बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् । लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक रुपमा कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत उनको स्नातक पढाइ आउँदो डिसेम्बरमा सकिँदैछ ।

शिक्षकले सिमोनलाई ‘अत्यन्त असाधारण’को संज्ञा दिए । सिमोन स्नातकपछि इलेक्ट्रिकल इन्जिनियरिङमै पीएचडी गर्ने योजनामा छन् । पीएचडीसँगसँगै लरेन्टले मेडिकल डिग्री पनि अघि बढाउने सिमोनका पिताले बताए ।

लरेन्टको प्रतिभा पहिलो पटक उनका हजुरबुवा–हजुरआमा पहिचान गरेका थिए । उता लरेन्टका अभिभावक लिडिया र एलेक्जेण्डर सिमोन्सले आफ्ना आमाबुबाबाट छोराको प्रतिभाबारे सुन्दा सुरुमा नपत्याएको बताए । तर पछि लरेन्टका शिक्षकले पनि उनको प्रतिभाबारे पुष्टि गरेका थिए ।

विश्वविद्यालयमा भर्ना गर्नु अघि लरेन्टलाई कयैन जाँच लिइएको थियो । त्यस क्रममा शिक्षकहरुले लरेन्टको सिकाई क्षमतालाई ‘स्पोन्ज’सँग तुलना गरे । लरेन्टको आमाबुवा दुवै चिकित्स भए नि ती आफ्नो बच्चाको असाधारण प्रतिभाबारे व्याख्या गर्न सकिरहेका छैनन् । तर लरेन्टकी आमा लिडिया भने ठट्टा गर्दै लरेन्ट गर्भमा हुदाँ आफूले धेरै माछा खाएको बताउँछिन् ।

उता लरेन्ट अध्ययन गर्ने विश्वविद्यालयमा शिक्षा निर्देशक रहेका सोएर्ड हल्शोफ यसलाई असामान्य मान्दैनन् । सानै उमेरमा खेलकुदमा असाधारण प्रतिभा हुने बालबालिकाजस्तै केहीमा अध्ययनको क्षमता हुने हल्शोफले बताए ।

तथापि लरेन्टको प्रतिभा ‘असाधारण’ रहेको हशोफले स्वीकारे । लरेन्टको ज्ञान हासिल गर्ने क्षमता तीव्र भए पनि उनको अभिभावक उनलाई उमेर अनुसार रमाइलो गराउन पनि ध्यान दिएको बताए ।

‘उ जतिखेरै गम्भिर मात्र होस् भन्ने हामी चाहदैनौं । ऊ आफूले जे मन पर्छ त्यही गरोस् ,’ एलेक्जेण्डरले भने ,‘उसले आफ्नो बालापन र प्रतिभाबीच सन्तुलन कायम गर्नुपर्छ । ’
फुर्सदमा लरेन्ट कुकुर र फोनसँग समय बिताउन मन पराउँछन् ।

लरेन्टका अनुसार उनको जीवनको लक्ष कृतिम अंग निर्माण गर्नु छ । स्नातकपछिको अध्ययनको लागि अहिले नै कयैन प्रतिष्ठित विश्वविद्यालयबाट उनलाई प्रस्ताव आइसकेको छ । तथापि भावि अध्ययन सुरु गर्नुअघि उनी जापानमा विदा मनाउने योजनामा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।