राधाकृष्ण मन्दिर बनाऊन धनकुटाको पाख्रीवासमा म’हायज्ञ तथा महोत्सव गरिने
धनकुटा खबर, माघ १८ । सामुदायीक भवन सहितको नमूना राधाकृष्ण मन्दिर निर्माण सहयोगार्थ पर्यटकीय तथा वनभोज स्थल श्री संसारीमाईपूजा सिमसार क्षेत्रमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।
धनकुटाको पाख्रीवास नगरपालिका ४ स्थितको यस पर्यटकीय स्थलमा यही माघ २२ देखी २९ गते वुधवार सम्म श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवका लागि तयारीको तिव्र रुपमा भईरहेको धार्मिक पर्यटन महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष सोवित निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार तयारी स्वरुप मूल गेट निर्माण,वजार क्षेत्रमा व्यानर राख्ने लगायतका कामहरु भईरहेकाछन् ।

महोत्सव स्थानिय वजारवासी,व्यापारी,वुद्धीजीवि एवम् महायज्ञ प्रचार प्रसार समितिको सहयोगमा गर्न लागिएको सहआयोजक समितिका अध्यक्ष ज्ञान वहादुर गुरुङको भनाई छ । एक हप्ता सम्म सञ्चालन हुने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव लागि करिव दुई लाख लागत लाग्ने अनुमान गरिएको छ ।
महायज्ञमा सुप्रसिद्ध गुरुदेव अध्यात्म शिरोममणी पंडित श्रीरामकृष्ण उपाध्यायको मुखारविन्दवाट कथा वाचन तथा धार्मिक झाँकी वाचन हुने आयोजकले जनाएको छ । महायज्ञ तथा महोत्सव उपस्थित भई अमृतमय ज्ञान आर्जन एवम् पुण्य लाभ गर्न सम्पूर्ण धर्मात्मा,भक्तजनलाई आह्वान समेत गरिएको छ ।


