ढु’क्क हुनुस्, चीनमा रहेका नेपालीको जी’वन र’क्षा गर्छौ : चिनियाँ राजदूतावास

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले कोरोना भा’इरसबाट न’आत्तिन आग्रह गर्दै चीनमा रहेका नेपाली नागरिकको जी’वन र’क्षाका लागि चीन सचेत रहेको जानकारी गराएको छ ।

‘केही विद्यार्थीसहित नेपाली नागरिकहरु अहिले पनि वुहानमा रहेको कुरा अवगत छ र उनीहरुको जीवन र मेडिकल केयरको ग्यारेन्टी गरिएको छ’, काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार बिहान विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनीहरुको जायज अधिकार र इच्छाको रक्षा गर्न चीनले सदैव स’क्रियता साथ पहलकदमी गरिरहनेछ, ढुक्क हुनुहोस् ।’

यससम्बन्धी कुनै आवश्यकता परेमा नेपाली पक्षले समयमै नेपालस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग सम्पर्क र संवादमा रहन सक्ने दूतावासले जानकारी गराएको छ ।

कोरोना भा’इरस फैलिएको चीनको वुहानमा रहेका नेपालीले अन्य देशले जस्तै नेपाल सरकारले आफ्ना नागरिकको उद्धार गर्नुपर्ने आवाज उठाइरहेका बेला दूतावासले भने स्वास्थ्य उपचारको सुनिश्चितता गरेको स्पष्ट पारेको हो ।

वुहान र चीनका अन्य शहरमा रहेका केही नेपालीले उद्धार गरी आफूहरूलाई नेपाल फर्काउन माग गर्दै आएका छन् । चिनियाँ दूतावासले विज्ञप्तीमा कोरोना भा’इरसको महामारी फैलिनबाट रोक्न नेपालस्थित डब्लूएचओलाई नेपाली पक्षबाट भएको सहयोगका लागि प्रशंसा पनि गरेको छ ।

हालै सि’र्जित नयाँ परिस्थितिका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा असर पर्नसक्ने बताउँदै चीनले यो महामा’री नि’यन्त्रणमा आएपछि धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्दै नेपाल भ्रमण वर्ष २०२० मा योगदान पु¥याउने प्र’तिबद्धता समेत जनाएको छ । कोरोना भा’इरसका कारण चीनमा हालसम्म २१३ जनाको ज्या’न गइसकेको छ भने १० हजार व्यक्ति सं’क्रमित भइसकेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।