नेता कार्यकर्ताको सम्पत्ति छानविनको माग भा’वनात्मक आ’वेश : गोकुल बाँस्कोटा

काठमाडौं । सरकारका प्रवक्ता गोकुल बास्कोटा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय बैठकमा नेता कार्यकताको सम्पत्ति छानविनबारे उठेको मागप्रति अ’सन्तुष्टि जनाएको रा’तोपाटीमा खबर छ ।

शनिबारको बैठकपछि सञ्चारकर्मीसँग नेकपाका केन्द्रीय सदस्य समेत रहेका बास्कोटाले भने, ‘सम्पत्ति छानविन गर्नुपर्ने तहमा कुनै पनि नेताले अकुत सम्पत्ति कमाएका छैनन् । प्रश्न यो पनि उठेको छ ।

नेताहरु व्यापारी कार्यमा संलग्न हुनुहुँदैन । यसो भए कति ? जुन पार्टीले ७–८ लाख कार्यकर्ता आफ्नो सदस्य बनाएको छ । सबैले काम गरेनन् भने उत्पादन सं’घर्ष त ख’तम हुन्छ ।’

सम्पत्ति छानविनको कुरामा गम्भीर आ’शंका भए वा अभियोग लागेको अवस्थामा मात्र गरिने कुरा व्यवहारिक हुने उनको तर्क छ । ‘त्यो व्यक्तिगत रुपमा हुन्छ । आम रुपमा किन गर्ने ?,’ बास्कोटाले गरे । उनले नेता–कार्यकर्ताको सम्पत्ति छानविन हुनुपर्ने भनि बैठकमा उठेको आवाजलाई भा’वनात्मक आ’वेशको संज्ञा दिए ।

‘केही व्यवाहारिक कुरा पनि छन् । केही भावनात्मक कुरा पनि छन् । शिक्षा र स्वास्थ जस्तो विषयमा नेताहरु संलग्न हुनुहुन्न भनिएको छ । यो भन्दा अगाडि चलाउँदै आएको एक नेतालाई निकालेर हल हुन्छ ?वा नयाँ नीति लिनुपर्छ ?,’ बासकोटाले भने, ‘विकल्पसहित नीतिबाट विस्थापित गरेर नयाँ ठाउँमा जाँदा राम्रो हुन्छ । होइन भने फलानाले यो विजनेस गर्यो उसलाई निकाल्यो भने शिक्षा क्षेत्र सुर्’धिन्छ वा स्वास्थ क्षेत्र सुर्’धिन्छ भन्ने तहको कुरा गरेर हुँदैन ।’

सर्वहारा चेत र दृष्टिकोणको कुरा मात्र भएको भन्दै कोही पनि नेता सर्वहारा नभएको उनले दाबी गरे । ‘कोही पनि नेता सर्वहारा छ भन्ने मलाई लाग्दैन । सबैको घर छ, कतिपयको गाडी र खेतिपाती पनि होला,’ उनले भने । यस्तै नेकपा बैठक एमसीसीको बहस गर्मिरहेका बेला बास्कोटाले भने छलफल गर्न जरुरी नभएको बताए । उनले भने, ‘एमसीसीको कुराहरुमा बहस गर्नुको जरुरत छैन । त्यसैले ५ वर्षको योजना लिने हो, मजाले चलाउने हो ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।