कोरोना भा इरसवि रुद्ध खो प आ विष्कार गर्न वैज्ञानिक सफलता नजिक

काठमाडौं, माघ १९ । चीनको उहान क्षेत्रलाई आक्रान्त बनाएको कोरोना भा इरस नि यन्त्रण गर्न खोपको आविष्कार गर्ने काममा वैज्ञानिकहरू सफलताको नजिक पुगेका छन्।

गार्जियन दैनिकको अन्तर्राष्ट्रिय संस्करणले जानकारी गराएअनुसार खोपका लागि अनुसन्धानकर्ताहरूको दौड जारी छ। कम्तीमा तीन फर्मासुटिकल कम्पनी र विश्वका अनुसन्धानकर्ताहरू प्रभावकारी खोपको आविष्कारमा लागेका छन्।

अ‍ेमिरिकाको मेरिल्यान्डस्थित नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसन्धानकर्ताले व्यक्तिको शरीरमै कोरोना भाइरसको परजीवीविरुद्ध लड्ने क्षमता बढाउने खोप पहिला नै आविष्कार गरिसकेको पनि गार्जियनले उल्लेख गरेको छ भनेर आजको नेपाल समाचारपत्रले खबर छापेको छ।

१६ हप्ताभित्र खोप आविष्कार गरिसक्ने लक्ष्यसाथ थालिएको यस कार्यका लागि क्विन्सल्यान्ड विश्वविद्यालयलगायतसँगको सहकार्य रहनेछ। ‘यसैबीच अन्य संस्थाले पनि खोपको तयारी गरेको जनाएका छन्, तर दौड कसले जित्ने हो, प्रतीक्षाको विषय बनेको छ,’ गार्जियनले लेखेको छ।

अनुसुन्धानकर्ताले सन् २००१ मा चीनबाटै सुरु भएको कोरोना भाइरस अहिले उहानमा देखिएको भाइरस समान रहेको जनाएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।