धनकुटामा दुई बस जु’ध्दा १२ यात्रु घा’इते
धनकुटा खबर, माघ १९ । धनकुटामा आज दुई वटा वस एकापसमा ठो’क्किएर दू’र्घट’ना हुँदा १२ जना यात्रु घा’ईते भएकाछन् ।
१२ जना मध्ये २ जनाको अवस्था ग’म्भिर रहेकोले उनिहरुलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको हिले प्रहरी चौकीले जनाएको छ ।
गम्भिर घा’ईते हुनेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ की ५५ वर्षकी नारायणदेवी रखाल र संखुवासभा चैनपुरका ७० वर्षका सिङघमान तामाङ रहेको हिले प्रहरीचौकी प्रमुख कुमार ढकालले जानकारी दिनुभयो ।
उर्लावारी मोरङबाट धनकुटाको मारेककटहरे तर्फ जाँदै गरेको को १ ख ७८८० नं वस र चैनपुरवाट झापा तर्फ जाँदै गरेको को १ ख ५१०५ नं वस धनकुुटा नगरपालिका २ त्रीसुलेमा एकापसमा ठो’क्किएर दू’र्घट’ना भएको हो ।
दुईजना वाहेक अरु सामान्य घा’ईते भएकाहरुको हिले कै स्थानिय मेडिकलमा उपचार गरि घर तर्फ फर्किएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।


