२ मिनेटमा युवा स्टार फातीकाे २ गो ल, दुवै अ सिस्ट मेस्सीकाे

एजेन्सी । स्पेनिस ला लिगा अन्तगर्त बार्सिलोनाले लेभान्टेमाथि महत्वपूर्ण जित निकालेकाे छ। आइतबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

कप्तान लियोनल मेस्सी र युवा स्टार अन्सु फातीको उत्कृष्ट तालमेलमा बार्सिलोनाले महत्त्वपूर्ण जित निकाल्न सफल भयो । बार्सिलाेनालाई जित दिलानउकाे लागि युवा स्टार फातीले दुई मिनेटको बीचमा २ सुन्दर गाेल गरे भने दुवै गाेलका लागि कप्तान मेस्सी असिस्ट गरे ।

खेलकाे ३० औं मिनेटमा फातीले गाेल गर्दै बार्सिलाेनालाई अग्रता दिलाएका थिए । उनले कप्तान मेस्सीको लामो पासमा गाेल गरेका थिए । पहिलो गोल गरेको एक मिनेटमै फातीले दोस्रो गोल गरे । मैदानको माथिल्लो भागमा मेस्सीले चलाखीपूर्वक दिएको पास सदुपयोग गर्दै फातीले अग्रता देब्बर बनाए ।

पहिलाे हाफमा २ गाेल गरेकाे बार्सिलाेनाले दाेस्राे हाफमा भने गाेल गर्न सकेन । पाहुना टोली लेभान्टेले भने एक गाेल फर्कायाे । इन्जुरी समयमा रुबेन रोचिनाले गोल गरे पनि खेल २-१ गाेल अन्तरले बार्सिलाेनाले जित्याे ।

यो सिजन पहिलो लिगमा बार्सिलाेना लेभान्टेसँग ३-१ गाेल अन्तरले पराजित भएकाे थियाे ।

याे जितसँगै बार्सिलाेनाले शीर्षस्थानमा रहेकाे रियल मड्रिडसँगकाे अंकदुरी घटाएकाे छ । २२ खेलबाट बार्सिलाेनाले ४६ अंक जोडेर लिगको दोस्रो स्थानमा छ भने समान खेल खेलेकाे रियल मड्रिड ४९ अंकसहित लिगकाे शीर्षस्थानमा रहेकाे छ । पराजित लेभान्टे २६ अंकसहित १३औं स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।