‘बुबाको एउटा सु झावले मलाई अ र्बपति बनायो’

एजेन्सी । भाविन तुरकिया र उनका भाइले शून्यबाट सुरु गरेको व्यवसाय अहिले अर्बौँ डलरमा परिणत भइसकेको छ । यसमा भाविनले आफ्नो सफलताको पूर्ण श्रेय पिताको एउटा सुझावलाई दिएका छन् र दाजुभाइ दुवैले बाल्यकालदेखि नै त्यही सन्देश शरण गर्दै आएको समेत उनले बताए । फोब्र्सका अनुसार भाइ दिभ्यांक सहित उनको कूल सम्पति १.३ अर्ब डलर बराबरको रहेको छ । उनले १९९८ मा १८ वर्षको उमेरमा २५ हजारको लगानीमा आफ्नो व्यवसाय सुरु गरेका थिए ।

पिताले दिएको एउटै सुझावले आफूलाई सर्वाधिक सफल व्यक्ति बनाएको उनी बताउँछन् । उनले स्कुल पढ्दादेखि सफ्टवेयर कम्पनी स्थापना गरि सञ्चालन गर्दै आएका हुन् । ‘वेब होस्ट र डोमेन नेम’ रेजिस्टर गर्ने कामबाट उनीहरुले लाखौँ डलर कमाइसकेका छन् । उनले बीबीसीसँगको कुराकानीमा आफू अत्यन्तै साधारण परिवारबाट रहेको र पिताले दैनिक बिहान नौदेखि रातिको नौ बजेसम्म काम गरि घरव्यवहार चलाउने गरेको बताए । र आज उनी जुन स्थानमा पुगेका छन् त्यसका लागि पितालाई नै धन्यवाद दिएका हुन् ।

उनी भन्छन्, “बुवाले दिनुभएको त्यो सुझाव म सानो हुँदादेखि नै हरेक क्षण दिमागमा आइरहन्थ्यो । कतिपय कुराहरु धेरै समयसम्म दिमागमा खेलिरहेपछि मात्र मनमा बस्छ भने जस्तैगरी त्यो कुराले पनि मेरो मनमा छोयो । उनको सन्देश अत्यन्तै साधारण र केबल एक वाक्यको थियो तर त्यसले नै मेरो जिन्दगी बदलिदिएको छ । उहाँ मलाई भन्नुहुन्थ्यो, ‘तिमीले एउटा कुरामा आफ्नो पूरा ध्यान लगायौ भने जतिसुकै ठूलो चिज भएपनि हासिल गर्न सक्नेछौ ।’ यही कुरालाई मैले आन्तरिक रुपमा मनन गरिरहेँ । यसले वास्तवमै तपाईँको आत्मविस्वास बढाउन सक्छ । यसपछि नै मलाई ‘फिजिक्सको फन्डामेन्टल ल’ अर्थात प्रकृतिको मूलभूत कानुन नतोडिने विश्वको जेसुकै उपलब्धी हासिल गर्न सम्भव भन्ने लाग्यो । ”

उनले १० वर्षको उमेरदेखि नै ‘कोडिङ’ गर्न सुरु गरेका थिए । उनका पिताले समर्थनका रुपमा उनलाई कोडिङ र कम्प्युटरकै विषयमा धेरै किताबहरु ल्याइदिने गरेका थिए । उनी भन्छन्, “ मलाई कम्प्युटरसँग पहिलो नजरमै प्रेम भएको थियो । म त्यतिबेला आफ्नो सबै समय कम्प्युटर कोठामै बिताउने गर्दथेँ । हामी घरमा कम्प्युटर किन्न सक्ने अवस्थामा थिएनौँ । ” यसरी स्कुल पढ्दापढ्दै उनले आफ्नो पहिलो सफ्टवेयर स्थापित गरेका हुन् । उनले थप भनेका छन्, “मलाई सधैँ लाग्छ कि उद्यमी हुनका लागि केबल कल्पना नै पर्याप्त छ । किनकी यसले नै मलाई एउटा भिन्दै क्षेत्र र व्यवसायबारे नयाँ ‘आइडिया’ दिँदै आएको छ जस सम्बन्धी मलाई केही पूर्वज्ञान हुँदैन । त्यसैले मैले अहिलेसम्म पनि भित्री रुपमा ‘म जे पनि गर्न सक्छु’ भन्ने कुरामा विश्वास राख्छु । ”

यसरी उनले आफैँले स्थापित गरेका कम्पनी विक्री गरि एक अर्ब भन्दा बढी आम्दानी गरेका हुन् । आज उनी दुई ठूला सफ्टवेयर कम्पनीका सफल कार्यकारी अधिकृत हुन् । उनले फेरि पनि दोहोर्याउँदै भने ‘फन्डामेन्टल ल अफ फिजिक्स’ नतोडिने जस्तोसुकै कुरा हासिल गर्न सम्भव छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।