सुविधा नदिएपछि धनकुटाका सिडिओ आफै निस्किए सवारी साधनको अनुगमनमा
धनकुटा खबर । यातायात क्षेत्रमा सरकारले दिने भनेको ५० प्रतिशत भाडा छुट सुविधा नपाएको भन्दै जेष्ठ नागरिकहरुले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यलय धनकुटाले अनुगमन सुरु गरेको छ ।
जेष्ठ नागरीकले सरकारले सार्वजानिक यातायातमा दिने भनिएको ५० प्रतिशत भाडा छुट नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटामा केहि समय अगाडी ज्ञापन पत्र बुझाएर प्रशासनको ध्यानाकर्ष गराउका थिए ।
आज धनकुटाका प्रमुख जिल्ला अधिकारी डा कृष्ण बहादुर घिमिरेको नेतृत्वमा धनकुटाको जिरोप्वाइन्टमा सवारी साधन अनुगमन गरिएको हो । अनुगमनको क्रममा सवारी साधनमा आरक्षण सिट राखे नराखेको, आरक्षण सिटमा सम्बन्धित मानिसलाई राखे नराखेको, जेष्ठ नागरीकले पाउने छुट दिए नदिएको विषयमा अनुगमन गरिएको छ ।

अनुगमन टोलीले आरक्षण सिटमा सम्बन्धित मानिसलाई मात्र राख्न र जेष्ठ नागरीकले पाउने छुट दिन व्यवसायीहरुलाई सचेत गराएर सवारी साधन छोडिएको प्रमुख जिल्ला अधिकारी डा.कृष्ण बहादुर घिमिरेले जानकारी दिनु भयो । उहाँले भन्नु भयो यातायात क्षेत्रमा सरकारले ल्याएको कानुन तत्काल कार्यन्वयन गराउन आफै अनुगमनमा निस्किएको छु ।
सरकारले दिएको सुविधा जेष्ठ नागरिकले नपाएको र सार्वजनीक यातायतमा समेत अपमानजनक व्यवहार बेहोर्नुपरेको जेष्ठ नागरिक नगर कार्यसमिति धनकुटाका अध्यक्ष टिका प्रसाद घिमिरेले बताउनुभयो ।


