पहिलो एकदिवसीय क्रिकेट : आज नेपाल र ओमन भि ड्दै
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो घरेलु भूमीमा बुधबार ऐतिहासिक क्रिकेट प्रतियोगिता खेल्दैछ।
परिचित प्रतिद्वन्द्वी ओमान विरुद्ध टीयु क्रिकेट मैदानमा उत्रँदै गर्दा नेपालका लागि यो प्रतियोगिता किन पनि यति धेरै अर्थपूर्ण भने पहिलो पटक नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको घरेलु मैदानमा त्रिकोणात्मक श्रृंखला खेल्न लागेको हो। त्यसैले यो एकदिवसीय प्रतियोगिता नेपालका लागि केवल एउटा खेलमात्र होइन, एक इतिहासका रुपमा समेत दर्ज हुने छ।
सन् २००६ मा म्यानमार विरुद्ध भएको खेल हेर्न टीयू मैदान पुगेका नेपाली क्रिकेट समर्थक। सो खेलमा म्यानमारलाई १० रनले हराउनले क्रममा नेपालका मेहबुब आलमले ७ विकेट लिँदै गिनिज विश्व रेकर्ड बनाएका थिए।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले डेढ वर्षअघि नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दियो। तर यो बीचमा नेपाली राष्ट्रिय टिमले सीमित एकदिवसीय खेलहरु खेल्यो। डेढ वर्षमा पहिलो पटक आफ्नो मैदानमा एकदिवसीय प्रतियोगिता खेल्दै गर्दा घरेलु टोली नेपाललाई मैदानमा साख जोगाउनुपर्ने चुनौती छ।
भोलिदेखि आइसिसी वर्ल्डकप लिग-२ त्रिकोणात्मक शृंखला
आईसीसी एकदिवसीय विश्वकप यात्राको पहिलो पाइलाको रुपमा समेत यो प्रतियोगितालाई लिइएको छ। आईसीसी विश्वकप डिभिजन–२ को तीनवर्षे यात्रामा नेपालले ठूलो लक्ष्य लिएको छ। जहाँ नेपाल शीर्ष दुईमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाउने उद्देश्यमा केन्द्रित छ। तर यो प्रतियोगिता घरेलु भूमीमा भएपनि जित्न भने सहज छैन।


