धनकुटाको पाख्रीवासमा जारी मेयरकप फुटवल : आज भएको ४ खेलमा कुन-कुन टिम विजयी भए? हेर्नुहोस्

धनकुटा खबर, माघ २५ । धनकुटाको पाख्रीवासमा जारी अन्तरवडा स्तरिय दोश्रो मेयरकप फुटवल प्रतियोगितामा आज लिग चरणका ४ वटा खेलहरु भएकाछन् ।

नेपाल भ्रमण वर्षलाई समेत लक्षित गर्दै पाख्रीवास नगरपालिकाद्धारा आयोजित प्रतियोगिता अन्र्तगत पाख्रीवास १ र ७ वीच भएको आजको पहिलो खेलमा ०–३ गोलको अन्तरले पाख्रीवास ७ विजयी भएको छ । यो खेलको म्यान अफ दि म्याच पाख्रीवास ७ का जर्सी नं ६ का खेलाडी विकास तामाङ घोषित भएकाछन् । उनलाई ट्रफी प्रदान गरी सम्मान गरिएको छ । यो खेलमा वडा नं १ का गोल किपर जर्सी नं १ का खेलाडी उपदेश तामाङले १२ औ मिनेटमा पहेलो कार्ड पाएका थिए ।

त्यस्तै पाख्रीवास २ र ६ वीच भएको दोश्रो खेलमा ०-१ गोल अन्तर ले वडा नं ६ विजयी भएको छ । डेविड राई जर्सी नं ३३ का खेलाडीले १० औ मिनेटमा गरेको गोल नै यस खेलको निर्णायक वन्यो । यो खेलको म्यान अफ दि म्याच पनि डेविड नै घोषित भए । यस खेलमा वडा नं २ का जर्सी नं ७ का खेलाडी निम खपाङ्गीले पहेलो कार्ड पाए ।

त्यस्तै वडा नं ३ र ९ वीचको तेश्रो खेलमा ०-३ गोल अन्तरले वडा नं ९ विजयी भएको छ । खेलको पहिलो मिनेट मै जर्सी नं ८ का खेलाडी उमेश मोक्तानले गोल गर्दै टिमलाई शूरुवाती अग्रता दिलाएका थिए । खेल को ४६ औ मिनेटमा जर्सी नं १५ का टिम क्याप्टेन अरुण तामाङ र ५० औ मिनेटमा जर्सी नं ८ का खेलाडी उमेश मोक्तानले पून दोश्रो गोल गर्दै टिमलाई विजयी गराएका थिए । यो खेलमा वडा नं ९ का जर्सी नं ७ का अभिषेक तामङ र जर्सी नं ४ का खेलाडी सुरेन्द्र मोक्तानले पहेलो पाएका थिए । यस खेलको म्यान अफ दि म्याच जर्सी नं ३ का खेलाडी थर्क वहादुर रानामगर घोषित भए ।

त्यस्तै वडा नं ४ र १० वीच भएको चौथो तथा अन्तिम खेलमा ०-६ गोल अन्तरले वडा नं ४ विजयी भएको छ । खेलको ५ औ र ८ औ मिनेटमा जर्सी नं ७ का खेलाडी पर्वत गुरुङले गोल गर्दै आफ्नो टिमलाई २-० को अग्रता दिलाएका थिए । खेलको १३ औ मिनेटमा टिम क्यापटेन जर्सी नं ८ का खेलाडी सुरेन्द्र गुरुङ, १४ औ मिनेटमा जर्सी नं ९ का पाल्देन गुरुङ,३२ औ मिनेटमा जर्सी नं १० का देवेन्द्र भट्राई र ४२ औ मिनेटमा जर्सी नं ११ का विनोद वुढाथोकीले १र१ गोल गरी टिमलाई जीत दिलाएका थिए । यस खेलमा ४ नं वडा का जर्सी नं ६ का खेलाडी मणिक गुरुङले पहेलो कार्ड पाएका थिए । भने म्यान अफ दि म्याच जर्सी नं ७ का पर्वत गुरुङ घोषित भए ।

नगरको १० वटै वडाले सहभागिता जनाएको प्रतियोगिताका विजयी प्रथम र दोश्रो हुने टिमले क्रमश नगद १ लाख ५१ हजार र ७५ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।