शिक्षालाई उत्पादन मुलुक र व्यावसायिक बनाउनु पर्छ

धनकुटा खबर । आस्थाका आधारमा शिक्षकहरुलाई विभेद गर्न नहुने तथा पेशागत अधिकार सुनिश्चित हुनु पर्ने लगायतका विभिन्न निर्णयहरु गर्दै शनिवार नेपाल शिक्षक संघ छथरजोरपाटी गाउपालिका धनकुटाको तेस्रो प्रतिनिधि सभा सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले शिक्षा नीतिमा आमूल परिवर्तन गरी शिक्षालाई उत्पादन मुलुक र व्यावसायिक बनाउनु पर्नेमा जोड दिएकाछन् । नेपाल शिक्षक संघ छथरजोरपाटी गाउपालिका कार्य समितिका अध्यक्ष हरी प्रसाद दाहालको अध्यक्षतमा सम्पन्न सम्मेलनमा प्रगति प्रतिवेदन सचिव खेमराज तिम्सिना र आर्थिक प्रतिवेदन अर्थ सचिव बलराम दाहालले प्रस्तुत गरेका थिए ।

त्यसैगरी स्वागत मन्तव्य नेपाल शिक्षक संघ छथरजोरपाटी गाउपालिकाका उपाध्यक्ष धन वहादुर लिम्बुले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सदस्य विकास श्रेष्ठले गर्नु भएको थियो ।

सम्मेलनले सवै प्रकारका शिक्षकहरुलाई समान तलव लगायतका सवै सुविधा एकै प्रकारको हुनु पर्ने आस्थाका आधारमा विभेद गर्नु नहुने टे्रड युनियन अधिकारको सुनिश्चित हुनु पर्ने र पेशागत हक अधिकार स्थापित हुनु पर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।

सम्मेलन कै अवसरमा शिक्षहरु आसन राई र धन कुमारी रेग्मीलाई नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बुले नेपाल शिक्षक संघ धनकुटाको सदस्यता प्रदान गर्नु भएको थियो । उनिहरुलाई नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाल शिक्षक संघ छथरजोरपार्टी गाउँपालिकाका अध्यक्ष हरी प्रसाद दाहालले स्वागत गर्दै खादा ओढाएर सम्मान गरेका थिए ।

सम्मेलनमा नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष लिम्बु,नेपाली कांग्रेस धनकुटाका सचिव राई,नेपाल शिक्षक संघ धनकुटाका उपाध्यक्ष दिल कुमारी राई,नेपाली कांग्रेस छगरजोरपार्टीका सभापति छत्र सुब्बा,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।