५ बर्षमा धनकुटामा २ सय ४५ सवारी दु,र्घटःना
धनकुटा खबर । धनकुटामा सडक दु,र्घटःना र त्यसबाट हुने क्ष,ति बर्षेनी बढ्दै गएको छ । पछिल्लो पाँच बर्षको अबधिमा भएका २ सय ४५ सवारि दु,र्घटःनामा ६७ जनाको मृ,त्यू भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पुराना सवारी, क्षतिग्रस्त सडक र चालकको ला,परवाहि दु,र्घटःनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरी धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनु भयो ।
ट्राफिक प्रहरी धनकुटाले समय समयमा सडक दु,र्घटःना कम गर्न र ट्राफिक नियम पालना गराउनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्रा सबैको सुभकामना साथै दु,र्घटःना न्यूनिकरण गर्न सवारी चालक सवार यात्रु पैदल यात्री लाई सचेतना मुलक पर्चा वितरण तथा सवारी चालक, सहचालकहरुको आँखा परिक्षण जस्ता कार्य समेत गरि रहेको ट्राफिक प्रहरी धनकुटाले जनाएको छ ।


