मे यर र उ पमेयर भारत जाँ दा नगरपालिकामा सा र्बजनिक बि दा

काठमाडौं : नुवाकोटको बेलकोटगढी नगरपालिकाले मेयर/उपमेयर भारत जाँदा सार्वजनिक बिदा दिएको छ।बिदा दिएर मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना सोमबार भारत गएका हुन्। २०७४ सालमा भएको स्थानीय तह निर्वा चनमा तत्कालिन नेकपा एमालेबाट उम्मेदवार बनेका खनाल र तत्कालिन माओवादीकी उम्मेदवार ढुंगाना विजयी भएका थिए।

नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १३ का अध्यक्ष पशुपति लोहनीका अनुसार मेयर/उपमेयर युएनओपिएस नामक संस्थाको कार्यक्रममा भाग लिन भारत गएका हुन्। ‘युएनओपिएसको कार्यक्रममा भाग लिन उहाँहरू हिजो भारत जानुभएको हो’ वडाध्यक्ष लोहनीले भने। मेयर/उपमेयर भारत जाने दिन सार्वजनिक बिदा दिएपछि अहिले विवाद भएको छ। बैठक नै नगरी बिदा दिने निर्णय भएकोमा वडाध्यक्षहरू असन्तुष्ट छन्।

नगरपालिकाका अधिकृत शिवराम अधिकारीले माघ २४ गते सूचना निकालेर सोमबार बिदा दिने उल्लेख गरेका थिए। ‘सूचनामा मेयर/उपमेयर भारत जाने दिन बिदा दिइने उल्लेख छैन,’ स्रोत भन्छ, ‘तर त्यही प्रयोजनका लागि बिदा दिइएको छ।’ नगरपालिकाले दिएको विदाको सूचनामा माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको उल्लेख छ। सेतोपाटीमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।