माधव नेपाल र बाबुराम भट्टराई वि’रुद्ध मु’द्दा चलाउन माग गर्दै स र्वोच्चमा रि ट

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधान मन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई वि’रुद्ध भ्र’ष्टाचार ‘मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रि’ट दायर भएको छ। वरिष्ठ अधिवक्ता बाल कृष्ण न्यौपानेले बुधबार नेपाल र भट्टराई विरुद्घ अदालतमा रि’ट दायर गरेको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए।

नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषद्ले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्ने निर्णय भएको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को निर्णय ‘नीतिगत’ भन्दै नेपाल र भट्टराई विरु द्घ मुद्दा दायर गरेको छैन। सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न भएको निर्णय ‘नीतिगत’ नहुने भन्दै आवाज उठ्दै आएको छ।

संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वप्रधान मन्त्रीद्वय नेपाल र भट्टराई वि’रुद्ध भ्र’ष्टाचार सम्बन्धी मु’द्दा चलाउनुपर्ने माग गर्दै आएको छ। अख्तियारले ललिता निवासको जग्गा प्र’करणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदार सहित दुई पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीसँगै १७५ जना वि’रुद्ध विशेष अदालतमा भ्र’ष्टाचार मु’द्दा दर्ता गराएको छ।

सर्र्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीनले भनेजग्गा फिर्ता प्रक्रिया सुरु गरिसकेको भन्दै अख्तियारले उनीहरू विरुद्घ भ्र’ष्टाचार मु’द्दा दायर गरेको थिएन। २०४९ सालपछि पटक– पटक गरी ललिता निवासको १ सय १४ रोपनी भन्दा बढी सरकारी जग्गा कर्मचारी, भूमाफिया, मन्त्रीदेखि प्रधानमन्त्री सम्मको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।