एस एसपी भाइले दाइलाई भने, ‘जय नेपाल सर’

काठमाडौं । सरकारले मंगलबार २७औं प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गर्‍यो ।

ज्ञवालीले मंगलबारदेखि नै बधाई थाप्न सुरु गरे । गृह मन्त्रालयमा बुधबार बिहान दर्ज्यानी चिह्न ग्रहण गरेपछि आईजीपी प्रहरी मुख्यालयतर्फ पदभार ग्रहणका लागि प्रस्थान गरे ।

गृहबाट सीधै मुख्यालय पुगेका नवनियुक्त आईजीपीलाई स्वागतका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंह, डीआइजीहरू, एसएसपीलगायतका उच्च अधिकृत लामबद्ध थिए । स्वागतकै लाइनमा थिए, एसएसपी श्याम ज्ञवाली पनि ।

सबैले आईजीपी ज्ञवालीलाई ‘जय नेपाल सर’ भन्दै अभिवादन गर्न थाले । उनले पनि उसै गरी फर्काए । सबैलाई जय नेपालको अभिवादन फर्काउँदै गर्दा हातमा माला लिएर लाइनमा बसेका एसएसपी श्याम ज्ञवालीले पनि तनक्क तन्कँदै भने– ‘सर जय नेपाल’ अनि दुवै मुस्कुराए । नवनियुक्त आईजीपी ठाकुरप्रसाद ज्ञवाली र एसएसपी श्याम ज्ञवाली सहोदर दाजुभाइ हुन् ।

“प्रहरी संगठनमा अन्य क्षेत्रभन्दा कडा नियम हुन्छ, सिनियरको आदेश पालना गर्नैपर्ने हुन्छ,” एसएसपी श्यामले बाह्रखरीसँग भने, “अहिले भने बाल्यकालमा आफूलाई हुर्काएको दाइलाई आईजीपीका रूपमा स्वागत गर्न पाउँदा भावुक भएँ । बाल्यकालका ती दिन सम्झिएँ । आमाबुबालाई पनि सम्झिएँ । गौरवको अनुभूति हुँदो रहेछ ।”

सानैदेखि अभिभावकजस्तै गरी दाइले आफूलाई हुर्काएको भन्दै श्याम केही बेर ‘नोस्टाल्जिक’ बने । आफ्नै परिवारको सदस्य आईजीपी हुँदा आफूलाई थप जिम्मेवार बोध बनाएको श्यामको अनुभव छ ।

पारिवारिक र सांगठनिक सम्बन्ध भने फरक हुने श्यामको बुझाइ छ । अहिले श्याम महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत छन् । प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका उनी पनि भावी आईजीपीका दाबेदारमध्ये एक हुन् ।

विशेष अवस्था नआए प्रहरी निरीक्षकको सेवा प्रवेशबाटै आईजीपी हुने प्रावधान छ । ज्ञवालीका चार दाजुभाइमध्ये ठाकुर र श्याम प्रहरी सेवामा छन् । ३० वर्षे सेवा अवधिका कारण नवनियुक्त आईजीपीको कार्यकाल आगामी असारमै अर्थात् ५ महिनामै सकिनेछ । दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी ज्ञवालीले कानुन कार्यान्वयन र प्रहरीलाई जनताप्रति उत्तरदायी बनाउन आफ्नो भूमिका हुने बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।