सडक बन्ने पक्का भए संगै घर-जग्गा बेचबिखन रोकियो

धनकुटा खबर, १ फागुन । धनकुटाको बिहिबारे, बञ्चरे, लामिछानेडाडाँ हुदै तेह्रथुम जिल्ला जोड्ने सडकको निर्माण कार्यकालागि टेन्डर आवाहन भए संगै यसक्षेत्रका स्थानियहरु घर जग्गा बेचबिखन गर्न छाडेका छन् ।

केहि महिना अघि सम्म ज्यादै कम मूल्यमा घर जग्गा बिक्रि गर्दै आएका स्थानियले अहिले घर जग्गा बिक्रि नै गर्न छोडेको स्थानिय मेघराज खतिवडाले बताए । उनले भने सडक बन्ने पक्का भए संगै केहि महिना अघि सम्म केहि महिना अघि सम्म ज्यादै कम मूल्यमा घर जग्गा बिक्रि गर्दै आएका स्थानिय र थाकथलो छोडी बसाई सराई गरेकाहरु समेत अहिले जग्गा बेच बिखन गर्न छाडेका छन् ।

केहि बर्ष अघि बराई सराई गरी तरहरा झरेका साविक तेलिया गाविस हाल छथरजोरपाटी ४ का भवानीप्रसाद आचार्यले भने पहाडको घर बारी बेच्ने कुरा थियो तर अव सडक बन्ने भए पछि जग्गा बेच्ने बच्ने कुरा रोकीएको छ ।

सडक बन्ने भए संगै स्थानियहरुले छोडिसकेका घर समेत मर्मत सुरु गरेको अर्का स्थानिय खड्ग गिरी बताउँछन् । उनले भने पहिला सबैले घर छोडे जग्गा जमिन बाँझा बनाए तर अहिले सडक बन्ने भएसंगै घर बारी रेखदेख गर्न थालेका छन् उद्यम गर्ने समेत योजना बनाउँदै गाउँघर आउन थालेका छन् कतिपयले काम नै सुरु गरि सके ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।