पाख्रीवासमा जारी मेयरकपको फाईनलमा वडा ४ र ८, कसले मा,र्ला बाजी ?
धनकुटा खबर, फागुन १ । धनकुटाको पाख्रीवासमा जारी वडा स्तरिय दोश्रो मेयरकप फुटवल प्रतियोगिताको फाईनलमा वडा नं ४ र ८ प्रवेश गरेकाछन् ।
पाख्रीवास नगरपालिकाद्धारा आयोजित प्रतियोगिताको सेमिफाईनलमा आज वडा नं ९ सँगै भी,डेको ४ नं वडा ले ० को विरुद्ध २ गोल लगाउँदै फाईनलको यात्रा तय गरेको हो । ४ नं वडा को जीतका लागि जर्सी नं ८ का खेलाडी सुरेन्द्र गुरुङले ५३ औ र जर्सी नं ९ का खेलाडी पाल्देन गुरुङले समान १,१ गोलको योगदान गरे ।
यो खेलको म्यान अफ दि म्याच वडा नं ४ का जर्सी नं ८ का खेलाडी सुरेन्द्र गुरुङ घोषित भए । त्यस्तै गरि वडा वडा नं ३ सँग सेमिफाईनलमा भिडेको ८ नं वडाले सडेन डेथको समयलाई सदुपयोग गर्दै ८-९ गोल अन्तरको जित निकाले फाईनलका लागि आफ्नो स्थान सूरक्षित गरेको प्रतियोगिताका मुख्य रेफ्री महेष मल्लिकले जानकारी दिनुभयो ।

यो खेलको म्यान अफ दि म्याच वडा नं ८ का गोल किपर आशिष तामाङ घोषित भए । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सञ्चालित यो प्रतियोगिताको फाईनल खेल भोलि हुने । प्रतियोगिताको विजयी प्रथम हुने वडाले नगद १ लाख ५१ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ भने दोश्रो हुनेले नगद ७५ हजार ५ सय सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।
प्रतियोगिता समापनको अवसरमा भोलि राष्ट्रिय कलाकारहरु शम्भु राई, गंगा गौतम लगायतको उपस्थितीमा सांगितिक कार्यक्रम समेत सञ्चालन हुने प्रतियोगिता व्यवस्थापन समितिका संयोजक सिताराम राईले वताउनुभएको छ । (फाईल फोटो)


