भारतमा रहेको संसारकै ठूलो क्रिकेट रंगशालाको ट्रम्पले उद्घा टन गर्ने

एजेन्सी – भारतको अहमदाबादस्थित मोटेरामा संसारकै सर्वाधिक ठूलो क्रिकेट रंगशालाको निर्माण भई रहेको छ । उक्त स्टेडियमको उद्घाटन अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पबाट गराउने तयारीमा भारत रहेको छ ।

संसारकै ठूलो उक्त स्टेडियमको उद्घाटन ट्रम्पले भारत भ्रमणको बेला गर्ने बुझिएको छ । ह्वाइट हाउसका अनुसार ट्रम्प र श्रीमती मेलानिया ट्रम्पले फागुन १२ र १३ मा नयाँ दिल्लीमा भ्रमण गर्दै छन् । मोटेरामा निर्माणधिन उक्त क्रिकेट स्टेडियम गुजरात क्रिकेट एसोसियसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो परियोजना हो ।

सन् २०१७ बाट निर्माण सुरु भएको उक्त मैदानको क्षमता १ लाख १० हजार दर्शक अट्ने रहेको छ । उक्त स्टेडियम निर्माण खर्च १ सय मिलियन डलरमा रहेको छ । हाल अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा विश्वकै सर्वाधिक क्षमता रहेको छ । जसको क्षमता १ लाख दर्शक अट्ने रहेको छ ।

उक्त स्टेडियमको गुजरात क्रिकेट एसोसिएशन भव्य उद्घाटन गर्ने तयारी गरिरहेको छ । त्यस अवसरमा उक्त स्टेडियममा एसिया ११ र विश्व ११ बीच च्यारिटी क्रिकेट खेल हुने छ ।-हाम्रो खेलकुदबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।