दाँतको स,मस्या आए स्थानिय जनप्रतिनीधिलाई जानकारी गराउनुहोस् – मन्त्रि घिमिरे

धनकुटा खबर । प्रदेश १ का सामाजिक विकास मन्त्रि जीवन घिमिरेले प्रदेश सरकारले जेष्ठनागरिकहरुलाई उच्च प्राथामिक्तामा राखेर काम गरिरहेको वताउनुभएको छ । आजदेखी धनकुटाको छथरजोरपाटी गाउँपालिकामा शूरु भएको जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम उद्घाटन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।

शिविरको अवसरमा जेष्ठ नागरिकहरुलाई लगाईएको दाँतको समयावधि १० वर्ष सम्म रहने जानकारी गराउदै उहाँले यस वीचमा कुनै स,मस्या आए स्थानिय जनप्रतिनीधिलाई जानकारी गराउन आग्रह गर्नुभयो । यो शिविरमा लगाईएका दाँत सम्वन्धि आएका समस्याको वारेमा जनप्रतिनीधिलाई सर्वसाधारणले जानकारी गराए समस्या समाधानका लागि उनिहरुले भूमिका निर्वाह गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

जेष्ठनागरिकहरुलाई प्राथामिक्तामा राखेर नै हाल मासिक ३ हजार पुर्याईएको जेष्ठ नागरिक भत्ता आफुहरुकै पालामा ५ हजार पुर्याउने संघीय सरकारले उद्घोष गरिसकेको उहाँले जानकारी गराउनुभयो । उहाँले यातायातका साधनमा जेष्ठ नागरिकहरुका लागि छुट्टै सिट आ,रक्षण गरिनुपर्ने व्यवस्थालाई प्रदेश सरकारले कडाईका साथ लागु गरेको भन्दै उहाँले यदी यो व्यवस्था यहाँका सवारीसाधनहरुमा व्यवहारत कार्यन्वयन नभएको भए अ,विलम्व प्रहरी प्रशासनमा जानकारी गराउन आग्रह गर्नुभयो ।

साथै जेष्ठ नागरिकहरुलाई सवारी साधनमा ५० प्रतिशत छुटको कानुनी व्यवस्था भएअनुसार यो पनि क,डाईका साथ लागु गराउने प्रतिवद्धता यातायात व्यवसायीहरु सँग प्रदेश सरकारले गरिसकेकोले ५० प्रतिशत सहुलियत लिने कुरामा पानि जेष्ठ नागरिकहरुले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख शेर वहादुर लिम्वुले भिडियो एक्स रे सेवा सहितको कम्तिमा ५० शै,याको अस्पताल र जातिय संग्राहलय निर्माणमा सहयोग गर्न माग गर्दै सामाजिक विकास मन्त्रि घिमिरेलाई ज्ञापनपत्र वुझाउनुभएको छ । गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख,राजनीतिकदलका प्रमुख एवम् प्रतिनीधि तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले उपस्थिती जनाएको कार्यक्रमको सञ्चालन छथरजोरपाटी गाउँपालिका स्वास्थ्यशाखा प्रमुख सुन्दरमान डङ्गोलले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।