सनी हि न्दुस्तानी बने इ न्डियन आ इडल ११
एजेन्सी– गायक सनी हिन्दुस्तानी इन्डियन आइडल ११ का विजेता बनेका छन् ।
आइतबार नेपाली समयअनुसार मध्यरातमा उनलाई इन्डियन आइडल घोषणा गरिएको छ । आइतबार आयोजित ग्य्रान्ड फिनालेको संगीतमय कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।
यसका साथसाथै गत अक्टोबरमा सुरु भएको यो कार्यक्रम यस वर्षका लागि सकिएको छ । यसको फाइनलमा पाँच जना प्रतियोगी पुगेका थिए । चार जनालाई पछाडि पार्दै सनीले यो टाइटल जितेका हुन् ।


