ओलीले कि पार्टी छा ड्नुपर्छ, हो इन भने नि र्णय टा उकाले टे केरै भए पनि का र्यान्वयन गर्नुपर्छ : झलनाथ

काठमाडौं, फागुन १५ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको निर्णय कार्यान्वयन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित खनालको अन्तर्वार्ताको सार संक्षेप :

वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री नै त्यस निर्णयबाट ब्याक भएको समाचार आएको छ, पार्टी निर्णयको भविष्य के हुन्छ?

बाहिर के आयो मलाई थाहा छैन। तर, म यति भन्छु -पार्टी निर्णय नेकपाका सबै नेता-कार्यकर्ताले पालना गर्नुपर्छ। पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुुँदैन। प्रधानमन्त्रीले पनि टाउकोले टेकेरै भए पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ।

बैठकमा निर्णय हुँदा प्रधानमन्त्रीले कुनै असहमती राख्नुभएको थियो कि थिएन?

अहँ, राख्नुभएको थिएन। उहाँले पनि समर्थन गर्नुभएको हो। सर्वसम्मत निर्णय भएको हो।

गौतमको नाम कसले प्रस्ताव गरेको हो त?

हामी सबै नौजनाले नै प्रस्ताव गरेका हौँ।

प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सिफारिस गर्नुभयो भने के हुन्छ?

पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन। कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो, नेकपाको अध्यक्ष हुने अनि पार्टीको निर्णय नमान्ने हुन्छ त?

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।